+
+
Shares

हङकङ उडानमा निगमले निजी ल्याबको पीसीआरलाई मान्यता नदिने

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २८ गते १७:०१

२८ कात्तिक, काठमाडौं । नेपालबाट हङकङ जाने यात्रुले अब सरकारी ल्याबमा मात्र कोरोना परीक्षण गर्नपर्ने भएको छ ।

नेपालबाट पीसीआर नेगेटिभ रिर्पोट लिएर हङकङ पुगेका यात्रुमा परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि हङकङले तेस्रो पटक नेपाल एयरलाइन्सलाई उडानमा दुई साता प्रतिवन्ध लगाएको छ ।

प्रतिवन्धका कारण हङकङ उडानबाट करोडौं घाटा भएको भन्दै नेपाल वायुसेवा निगम सञ्चालक समितिले अब सरकारी ल्यावको आरटी पीसीआर रिर्पोटलाई मात्र मान्यता दिने निर्णय गरेको छ ।

समिति स्रोतका अनुसार यो शर्त हङकङका लागि मात्र लागु हुनेछ । अन्य गन्तब्यमा भने निजी ल्याबको रिर्पोट समेत मान्य हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?