+

राष्ट्रिय टिमबाट एरिक विष्टको डेब्यु

२०७७ कात्तिक  २८ गते १८:०५ २०७७ कात्तिक २८ गते १८:०५
राष्ट्रिय टिमबाट एरिक विष्टको डेब्यु

२८ कात्तिक काठमाडौं । युवा मिडफिल्डर एरिक विष्टले नेपाली राष्ट्रिय फुटबल टोलीमा डेब्यु गरेका छन् । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत बंगलादेशविरुद्ध भइरहेको पहिलो खेलमा ४२ औं मिनेटमा विक्रम लामाको स्थानमा मैदान प्रवेश गर्दै एरिकले सिनियर टिममा डेब्यु गरेका हुन् ।

ढाकाको बंगबन्धु नेशनल स्टेडियममा विक्रम घाइते भएपछि एरिकले अवसर पाएका हुन् । उनले राष्ट्रिय टिममा स्थान बनाएको पहिलो अवसरमै डेब्यु गर्न पाएका हुन्।

एरिकले घरेलु फुटबलमा न्यू रोड टिम एनआरटीबाट ए डिभिजन लिग खेलेका थिए । त्यसअघि उनले बाँसबारी क्लबबाट फुटबल सुरु गरेका थिए । एरिकले त्रिभुवन आर्मी क्लबबाट ललित स्मृति यू-१८ च्याम्पियनसिप दुई पटक जितेका छन् ।

शुक्रबारकै खेलमा युवा डिफेण्डर विकास खवासले पहिलो रोजाईँमा खेल्दै सिनियर टोलीमा डेब्यु गरिसकेका छन् ।

पहिलो हाफमा नेपाल एक गोलले पछि परेको छ । मोहम्मद नविद जीवनले खेलको १० औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

एरिक विष्ट खेलकुद फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय