Comments Add Comment

कांग्रेसले भन्यो – हुम्लामा नेपाल-चीनको संयुक्त टोली खटाऊ

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले हुम्लामा चीनद्वारा नेपाली भूमि मिचिएको विषय छानबिन गरी यथार्थ सार्वजनिक गर्न माग गरेको छ ।

हुम्लाकै निवासी कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री जीवनबहादुर शाहीले अनुगमन टोलीको प्रतिवेदन आधारहीन र झुटो भनेको प्रति ध्यानाकर्षण भएको भन्दै कांग्रेसले नेपाली भूमि मिचिएको वा नमिचिएको बारे यथार्थ पत्ता लगाउन छानबिन गर्न माग गरेको हो ।

कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले जीवनबहादुर शाहीले सीमा अतिक्रमण भएको १८ बुँदे प्रमाण र आधारसमेत पेस गरेको स्मरण गराउँदै दुई देशको सरकारबीचको संयुक्त सीमा निर्धारण टोलीबाट प्राविधिक मूल्याङकनको आधारमा निर्क्यौल गर्नु पर्ने बताएको छ ।

हुम्लाको नाम्खा गाउँपालिकाको लिमी क्षेत्रमा नेपाली भूमि मिचिएको हल्ला चलेपछि पूर्वमन्त्री शाहीसहितको टोलीले गत असोज १४ दिख २४ गतेसम्म १०, ११ र १२ नम्बर पिल्लरको अनुगमन गरेको थियो ।

सुरुमा हराएको भनिएको ११ नम्बर पिल्लर ठीकठाक भए पनि १२ नम्बर पिल्लर नयाँ गाडिएको निष्कर्ष अनुगमन टोलीले निकाल्दै छानबिन गरी यथार्थ पत्ता लगाउन सरकारसँग माग गरेको थियो ।

जीवन शाहीको रिपोर्टपछि भने सरकार र चिनियाँ दूतावासले भूमि नमिचिएको भन्दै आधारहीन र झुटो भएको प्रतिक्रिया दिएका थिए ।

यो पनि पढ्नुहोस हुम्लाका सांसद जीवनबहादुर शाहीको दाबी– चीनले सीमा मिचेकै देखियो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment