Comments Add Comment

मन्डेकाजी र आयशासहित ७ खेलाडीलाई राष्ट्रिय प्रतिभा सम्मान

२८ कात्तिक, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण विजेता मण्डेकाजी श्रेष्ठ, आयशा शाक्य, सुवास गुरुङसहित ७ खेलाडीलाई राष्ट्रिय प्रतिभा सम्मानबाट पुरस्कृत गर्ने भएको छ ।

मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सागमा दोहोरो स्वर्ण जितेका करातेका मण्डेकाजी, तेक्वान्दोकी आयशा र गल्फर सुवास सहित ७ खेलाडीलाई राष्ट्रिय प्रतिभा सम्मानबाट पुरस्कृत गरिने जनाएको छ ।

मन्त्रालयले आवेदन आएका २७ खेलाडी, १२ खेल प्रशिक्षक, ३ खेल निर्णायक, ४ खेल व्यवस्थापक र चिकित्सक, २ खेल संघ र विधा नखुलेका ४ गरी जम्मा ५२ वटा आवेदनहरुहरु प्राप्त भएको र त्यसलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि बमोजिम ९ सदस्य रहेको समितिबाट मूल्यांकन गर्दा उच्चतम अंक प्राप्त गर्ने खेल प्रतिभाहरु र खेलसंघलाई नगद सम्मान गर्ने जनाएको छ ।

यस्तै साइक्लिङकी लक्ष्मी मगर, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, शारीरिक सुगठनका समिर श्रेष्ठ र भारोत्तोलनका विकास थापा पनि राष्ट्रिय प्रतिभा सम्मानबाट पुरस्कृत हुने सूचीमा रहेका छन् ।

यसैगरी कराते प्रशिक्षक कुशल श्रेष्ठ र तेक्वान्दो प्रशिक्षक नविनकुमार श्रेष्ठ, जुडोका निर्णायक धर्मकुमार श्रेष्ठ , चिकित्सक डा. ज्ञानेन्द्रविक्रम शाह र नेपाल गल्फ संघलाई पनि पुरस्कृत गरिने मन्त्रालयले जनाएको छ ।

यसबाहेक खेल प्रायोजकमा काठमाडौं महानगरपालिका र कतार एयरवेजलाई खेलकुद विकास र प्रवर्द्धनमा विभिन्न खेलहरुमा आर्थिक सहयोग गरी खेलाडीहरुको मनोबल उच्च राख्न पुर्‍याएको योगदानको कदरस्वरुप पुरस्कृत गर्ने मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि २०६८, (तेस्रो संशोधन २०७५० बमोजिम) सदस्य रहेको समितिबाट प्राप्त भएका आवेदनहरुको मूल्याकंन गर्दा उच्चतम अंक प्राप्त गर्नेलाई पुरस्कृत गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment