+

मोहम्मद सालाहलाई कोरोना

२०७७ कात्तिक  २९ गते ७:४१ २०७७ कात्तिक २९ गते ७:४१
मोहम्मद सालाहलाई कोरोना

२९ कात्तिक, काठमाडौं । लिभरपुलका फरवार्ड मोहम्मद सालाहलाई कोरोना संक्रमण भएको छ । इजिप्टको लागि अन्तर्राष्ट्रिय खेल खेल्ने क्रममा रहेका बेला उनलाई कोरोना पुष्टी भएको हो ।

इजिप्टियन फुटबल एसोसिएसनले शुक्रबार सालाहलाई कोरोना पोजेटिभ भएको पुष्टी गरेको छ । तर उनलाई कुनै लक्षण नभएको संघले जनाएको छ । टिमका अन्य खेलाडीको भने नेगेटिभए रिपोर्ट आएको छ ।

अफ्रिकन कप अफ नेशन्सको छनोट अन्तर्गत इजिप्टले शनिबार टोगोसंग घरेलु मैदानमा खेल्दैछ भने ङ्गंगलबार टोगोको मैदानमा खेल्नेछ ।

सालाहा अब सेल्फ आयसोलेसनमा बस्नेछन् । उनले लिभरपुलका लागि आगामी दुई खेल गुमाउन सक्नेछन् । लिभरपुलले २२ नोभेम्बरमा प्रिमियरल लिग अन्तर्गत लेस्टर सिटीसंग खेल्नेछ भने २५ नोभेम्बरमा एटलान्टासंग च्याम्यन्स लिग खेल्नेछ ।

लिभरपुलले यस सिजन खेलेको ८ वटै प्रिमियर लिग खेलमा सालाहाले पहिलो रोजाईँमा खेलेका थिए भने ८ गोल समेत गरेका छन् ।

मोहम्मद सालाह

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय