Comments Add Comment

फिर्मिनोको गोलमा ब्राजिलको लगातार तेस्रो जित

२९ कात्तिक, काठमाडौं । रोवर्टो फिर्मिनोको एक मात्र गोल मद्दतमा ब्राजिलले फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अपराजित यात्रा कायम राख्दै लगातार तेस्रो जित हात पारेको छ ।

नेमार फिलिप काउटिन्हो जस्ता खेलाडीबिनै मैदान उत्रेको ब्राजिलले शनिबार बिहान सम्पन्न खेलमा भेनेजुएलालाई १-० ले पराजित गरेको हो । पहिलो हाफमा भेनेजुएलाले ब्राजिललाई गोलरहित बराबरीमा रोकेको थियो । ६७औं मिनेटमा फिर्मिनोले ब्राजिलको लागि निर्णायक गोल गरे ।

छनोटमा शतप्रतिशत नतिजा निकाल्ने ब्राजिल एक्लो टिम हो । १० टिम सहभागि छनोटमा तेस्रो चरणको खेल सकिँदा ब्राजिल ३ खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ ।

ब्राजिलसँगै अर्जेन्टिना र पाराग्वे छनोटमा अपराजित रहेका छन् । ७ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा छ । समान ६ अंक रहेको इक्वेडर र उरुग्वे क्रमश: तेस्रो र चौथो स्थानमा छन् ।

भेनेजुएलाले लगातार तेस्रो हार बेहोरेको हो । भेनेजुएलासँगै बोलिभिया छनोटमा अझै अंकविहिन छन् ।

यो पनि पढ्नुहोस विश्वकप छनोट : उरुग्वे र चिली विजयी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment