Comments Add Comment

मेक्सिकोमा १० लाख नाघे कोरोना सक्रमित, मृतक संख्या ९८ हजार

३० कात्तिक, काठमाडौं  । मेक्सिकोमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयले दिएको शनिबार दिएको जानकारी अनुसार एकै दिनमा मेक्सिकोमा पाँच हजार ८६० नयाँ संक्रमित फेला परेका हुन् । यससँगै मेक्सिकोमा समग्र कोरोना संक्रमितको संख्या १० लाख तीन हजार २५३ पुगेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ९८ हजार २५९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा कोरोनाबाट ६३५ जनाको मृत्यु भएको हो । मेक्सिकोका स्वास्थ्य अधिकारीहरुले यसअघि नै मुलुकमा वास्तविक संख्या आधिकारिकरुपमा घोषणा गरिएको संख्याभन्दा धेरै रहेको बताएका थिए ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार मेक्सिको कोरोना संक्रमितको संख्या १० लाख नाघ्ने ११ औं मुलुक हो । अमेरिका, भारत, ब्राजिल,फ्रान्स, रुस, स्पेन, बेलायत, अर्जेन्टिना, कोलम्बिया, इटालीमा यसअघि नै कोरोना संक्रमितको संख्या १० लाख नाघिसकेको छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment