+
+
Shares

क्लियर टिभीमा लक्ष्मी फिल्मको प्रिमियर सो

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ३० गते १३:२७

३० कात्तिक, काठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा.लि ले क्लियर टिभी मार्फत ग्राहक वर्गहरुका निम्ति लक्ष्मी फिल्मको प्रिमियर सो १६ नोबेम्बर अर्थात साेमबार गर्ने भएकाे छ ।

क्लियर टिभीले च्यानल नं १११(एच डि) र ११२(एस डि) मा मुभी अन डिमाण्डको औपचारिक सुरुवात लक्ष्मी फिल्मको प्रिमियर सो बाट गर्दैछ । यस च्यानल मार्फत ग्राहकहरुले सो फिल्मआफ्नै घरमा बसि हेर्न सक्नुहुनेछ भने भबिष्यमा थुप्रै फिल्महरु हेर्न सकिने छ ।

ग्राहकवर्गहरुले फिल्म हेर्नका लागि आफनो नजिकको क्लियर टिभी सेवा प्रदायकमा सम्पर्क गर्न सक्नु हुनेछ वा www.cleartv.com.np/mod बाट फिल्म सम्बन्धी एवम्ं सेवा सम्बन्धी थप जानकारी लिन सक्नुहुनेछ ।

विद्यमान परिस्थितिमा बाहिर गई फिल्म हेर्ने अवस्था नभएको र मनोरञ्जनलाई प्राथमिक्ता दिदै कम्पनीले यो सेवा सुचारु गरेको छ ।

सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस, व्यानएथर्नेट, होलसेल आइ.पि ट्रान्जिट, एम.भि.पि, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदानगर्दै आएको छ ।

क्लियर, सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायककम्पनीको उत्पादन हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?