+

रामोसले तीन, चार वा जति पेनाल्टी पाए पनि हान्थे : प्रशिक्षक एनरिके

२०७७ कात्तिक  ३० गते १४:१९ २०७७ कात्तिक ३० गते १४:१९
रामोसले तीन, चार वा जति पेनाल्टी पाए पनि हान्थे : प्रशिक्षक एनरिके

३० कात्तिक, काठमाडौं । स्पानिस राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस एनरिकले कप्तान सर्जियो रामोसको बचाउ गरेका छन् ।

यूईएफए नेसन्न लिग अन्तर्गत शनिबार राति भएको खेलमा स्पेन स्विट्जरल्याण्डसँग १-१ को बराबरीमा रोकिँदा रामोसले दुई पेनाल्टी मिस गरेका थिए ।

रामोसले पेनाल्टीमा गोल गर्न नसक्दा स्पेन बल्ल बल्ल हारबाट जोगिएको थियो । लगातार २५ पेनाल्टी गोल गरेपछि रामोसले एकै खेलमा दुई पेनाल्टी मिस गरेका हुन् ।

तर प्रशिक्षक एनरिकेले भने रामोसले दुई पेनाल्टी मिस गरे पनि उनको आत्मविश्वास नघट्ने बताएका छन् । साथै उनले रामोसको आलोचना गर्न नहुनेसमेत बताए । ‘अहिले रामोसको आलोचना गर्नु उपयुक्त हुँदैन,’ खेलपछि एनरिकले भने, ‘यदि त्यहाँ तीन, चार वा जति पेनाल्टी भए पनि सबै रामोसले नै हान्थे ।’

एनरिकले आफ्नो टिमा पेनाल्टी हान्ने धेरै भए पनि रामोस पहिलो भएको बताए । ‘हामीसँग पेनाल्टी हान्ने अरु पनि छन् र रामवस नम्बर वान हुन् । उनी पिचमा रहँदासम्म पेनाल्टी हान्छन्। उनले लगातार २५ पेनाल्टीमा गोल गरेका छन् र अहिले हामी उनको आलोचना गर्दैनौँ,’ उनले भने ।

यस्तै एनरिकलेले गोपोष्टको जिम्मेवारी डेभिड डे हेअलाई छाड्दै उनाई सिमोनलाई दिएका थिए । तर एनरिकले को नम्बर वान भनेर सोध्दा प्रतिक्रिया दिएनन् । ‘म फेरी भन्छु । म संग तीन गोलकिपर छन् । अझ चार वा पाँच हुन सक्छन् । म सबैलाई विश्वास गर्छु ।’

स्वीस टोलीसँग अंक बाँड्नुपर्ने पनि एनरिकले खासै चिन्तित देखिएनन् । उनले आफूले जे देखे त्यसबाट खुशी रहेको बताए । उनले आफूहरु जितका लागि लाएक र रहेको त्यही नै पुष्ट रहेको बताए ।

सर्जियो रामोस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय