
३० कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ ।
धनकुटा, सुनसरी, रामेछाप, कञ्चनपुर र कैलालीका १/१ जना रहेका प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जानकारी दिएका छन् ।
भेडेटार धनकुटाका ७२ वर्षका पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार राति मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना भएका उनमा मृत्युपछि आइतबार संक्रमण पुष्टि भएको हो ।
बराह नगरपालिका– ३ सुनसरीकी ४४ वर्षकी महिलाको आइतबार विहान सवा ९ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पतालमै राखेर उपचार गरिएको थियो ।
रामेछापका ६५ वर्षका पुरुषको कात्तिक २९ गते मृत्यु भएको छ । कात्तिक १६ गते अस्पताल भर्ना भएका र सोही दिन संक्रमण पुष्टि भएका उनी निमोनियाका बिरामी थिए ।
बेलौरी नगरपालिका–२ कञ्चनपुरका ३० वर्षका पुरुषको आइतबार विहान साढे ८ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ ।
कात्तिक २३ गते अस्पताल भर्ना भएका उनमा २७ गते संक्रमण पुष्टि भएको थियो । उनमा न्युरोसम्बन्धी समस्या रहेको थियो ।
भजनी नगरपालिका–८ कैलालीका ६५ वर्षका पुरुषको शनिबार राति १०ः५० बजे भेरी अस्पतालमा मृत्यु भएको छ । कोरोना संक्रमणको लक्षण देखिएपछि कात्तिक २१ गते टीकापुर अस्पताल भर्ना भएका उनलाई २२ गते संक्रमण पुष्टि भएको भएको थियो ।
स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि २८ गते थप उपचारका लागि नेपालगञ्ज ल्याइएको थियो । उनमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4