Comments Add Comment

‘प्रकाश’का लागि जुम्ला पुगे प्रदिप

नायक प्रदिप खड्का चलचित्र ‘प्रकाश’मा काम गर्ने तयारीमा छन् । यो चलचित्रले एक गाउँको एक यूवाको कथा भन्छ । यूवाको जीवन यात्रालाई कथामा ढाल्ने काम विकास सुवेदीले गरेका हुन् । यो चलचित्रले नायक प्रदिप खड्काको चकलेटी शैलीलाई विर्साउने विश्वास यसको टिमको छ ।

यसैले, चलचित्रका लागि नायक प्रदिप खड्का पनि मिहिनेत गरिरहेका छन् । प्रदिपले यही चलचित्रका लागि कलाकार तथा निर्देशक अनुप बरालसँग ३ महिनाको अभिनय कोर्ष पनि सिकेका थिए ।

यो चलचित्रको लोकेशन हेर्नका लागि यतिबेला यसका निर्देशक दिनेश राउत, नायक प्रदिप खड्का र लेखक विकास सुवेदी जुम्ला पुगेका छन् । चलचित्रले पिछडिएको एक गाउँको एक यूवाको जीवन संघर्षलाई पर्दामा उतार्नेछ ।

निर्देशक दिनेश राउत चलचित्रमा कथालाई गहिराइमा पुगेर भन्ने कोशिश गर्छन् । यो चलचित्रबाट उनले प्रदिपको स्टारडमलाई विर्साएर उनलाई अभिनेताको रुपमा प्रस्तुत गर्ने कोशिश गरिरहेका छन् ।

चलचित्रको छायांकन कर्णालीको विभिन्न स्थानमा हुनेछ । चलचित्रको छायांकन चाडै सुरु गर्ने तयारी यसको निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment