
१ मंसिर, काठमाडौं । हङ्कङको जोर्डनमा सञ्चालित एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा नौ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।
रेष्टुरेन्टमा नेपालीहरुको एक समूहले बर्थ डे पार्टी मनाइरहेका बेला राति करिब ८ बजेतिर आगलागी सुरु भएको थियो । आगलागीमा परी चार पुरुष र तीन महिलाको मृत्यु भएको हो । उनीहरुको उमेर ९ देखि ४० वर्ष छ ।
घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ । एक जना डिस्चार्ज भएका छन् ।
सो आगलागीमा परेका अधिकांश बाग्लुङका जिल्ला छन् । सो क्षेत्रमा नेपालीहरुको बाक्लो बसोबास रहेको छ ।
हङकङकी कार्यकारी प्रमुख क्यारी लामले घटनाप्रति दुःखव्यक्त गरेकी छन् । साथै घाइतेहरुलाई मदत गर्न र अगलागीको कारण पत्ता लगाउन सम्बद्ध अधिकारीहरुलाई निर्देशन खिएकी छन् ।
भवनमा पर्याप्त सुरक्षा पूर्वाधार थिएन
घट्नापछि त्यस वरपरका स्थानीयले प्रहरीलाई वताएअनुसार यस क्षेत्रमा भाडामा लगाइएका धेरै भवनमा अग्नि नियन्त्रक उपकरण छैनन् ।
फ्ल्याट्हरुमा पर्याप्त भाग्ने द्धार र ठाउँहरु छैनन् । यसले गर्दा पनि बढी क्षति भएको सरकारी अधिकारीहले बताएका छन् । समाचार संस्था एपीकाअनुसार त्यहाँ जम्मा भएकाहरु भान्साको पछाडि ट्रयापमा परेका थिए ।
हङकङबाट प्रकाशित हुने पत्रिका दि साउथ चाइना मर्निङ पोष्टका अनुसार आगलागी भएको भवन ६९ वर्ष पुरानो हो । भाडाका प्रयोजनका लागि बनाइएको भएपनि सुरक्षाका पर्याप्त साधनहरु छैनन् ।
साथै अनुमति नलिइ रेन्ष्टुरेन्ट संचालन गरिएको र बाहिर कुनै पनि साइनवोर्ड नरहेको प्रहरीले उल्लेख गरेको छ ।
घटनापछि स्थानीयले भाडामा लगाइएका भवनहरु अनुगमनको माग गरेका छन् । हङकङका सांसद भिनसेन्ट चिन विङ-सनले स्थानीय सञ्चारमाध्यमसँग भनेका छन्, ‘यस क्षेत्रका धेरै पुराना भवनहरुमा अग्नी नियन्त्रक उपकरण छैनन्, धेरै भवनहरुमा एउटा मात्र वाहिरिने द्धार छन् जसले केही भएमा भाग्नलाई कठिन छ ।’
यस पटकको आगलागी सन् २०११ यताकै सबैभन्दा ठूलो भएको सरकारी अधिकारीहरुले बताएका छन् । त्यतिवेला ९ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए ।
प्रतिक्रिया 4