+
+
Shares

इतिहासकै भयानक आणविक दुर्घटना भोगेको खतरनाक सहर

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १ गते २०:०३

आजभन्दा ३३ वर्ष अघि सन् १९८६ मा हालको युक्रेनस्थित चेर्नोबिलमा खतरनाक आणविक भट्टी विस्फोट भयो । तत्कालीन सोभियत संघमा पर्ने चेर्नोबिल दुर्घटनामा  ३ दर्जनभन्दा धेरै मानिसको ज्यान गयो भने खतरनाक विकिरणहरु वातावरणमा फैलिँदा त्यहाँका दुई लाख भन्दा धेरै मानिसहरु विस्थापित भए र पूरै सहर विस्थापित भयो । त्यहाँ कोहीपनि मानिसलाई जान दिइएन र आणविक दुर्घटना भएको क्षेत्र नजिकको सहर जंगलमा परिणत भएको छ ।

तर अब चाहीँ चेर्नोबिल विस्तारै मानिसहरुको घुम्ने गन्तव्य बन्न थालेको छ । कतिपय साहसिला पर्यटक त यस्ता छन् कि उनीहरु त्यहाँको सरकारी होस्टेलमा रात समेत बिताउन तयार हुन्छन् ।

युक्रेनको राजधानी किभदेखि दुई घण्टाको दूरीमा पर्ने क्षेत्रमा झण्डै ३० वर्ग किलोमिटर क्षेत्रफलको दुर्घटना क्षेत्रलाई चेर्नोबिल एक्स्क्लूजन अर्थात् निषेधित क्षेत्र रहेको छ । उक्त ठाउँमा मानिसहरुलाई नियन्त्रित रुपमा निश्चित समयसम्मका लागि समेत जान र बस्न दिइन्छ । नियम नटेरेर त्यहाँ जाने र बस्ने मानिसहरुले आफ्नै ज्यान जोखिममा पार्नुपर्ने हुन्छ ।

त्यहाँ जानका लागि युक्रेन सरकारको विशेष इजाजत लिनुपर्दछ र विकिरण जाँच्ने उपकरण सँगै लग्नुपर्दछ ।

हरेक विहान एक विशेष टूर गाइड सहित एउटा बस पर्यटकहरुलाई लिएर उक्त विरानो निषेधित क्षेत्रमा पुग्दछ ।

सन् २०११ मा युक्रेन सरकारले चेर्नोबिललाई पर्यटनका लागि खुल्ला गरेको थियो । त्यसयता लाखौँ मानिस त्यहाँ पुगिसकेका छन् । सरकारले उक्त क्षेत्रमा एउटा आवासस्थल अर्थात् होस्टेल सञ्चालनमा ल्याएको छ । त्यहाँ निकै सस्तो मूल्यमा रात बिताउन पाइन्छ । ९६ बेड भएको उक्त होस्टेलको व्यापार निकै फस्टाएको छ । त्यहाँ अमेरिका, ब्राजिल, चेक रिपब्लिक, पोल्याण्ड तथा बेलायत लगायतका देशबाट आउने पर्यटकहरुको संख्या निकै धेरै छ ।

होस्टेल व्यवस्थापक स्वेटलाना गि्रत्सेँको भन्छिन्, ‘जब मानिसहरु यहाँ आउँदछन् तब हामीले उनीहरुलाई प्रष्ट रुपमा चेतावनी दिन्छौँ कि बाहिर धेरैबेर बस्नु धेरै सुरक्षित छैन ।’

झ्वाट्ट हेर्दा चेर्नोबिल पूरानो युगमा अडि्कएको कुनै खण्डहर सहर जस्तो लाग्दछ । तर त्यहाँ खुलेको होस्टेल चाहीँ अत्याधुनिक छ । त्यहाँ मनोरञ्जन तथा सूचना प्रविधिका सबै सुविधा उपलब्ध छन् ।

चेर्नोबिल घुम्दा पर्यटकले ठाउँ ठाउँमा सरीरको विकिरणको परीक्षण गराइरहनु पर्दछ । त्यहाँ बालबालिकालाई जान निषेध छ । त्यहाँका कतिपय क्षेत्रमा भने जानै नपाउने गरी प्रतिबन्ध लगाइएको छ । घुम्ने क्रममा पर्यटकलाई त्यहाँका कुनैप्नि चिज हातले छुनका लागि निषेध गरिएको छ ।

सन् १९८६ को अपि्रल २६ मा चेर्नोबिल आणविक भट्टीको चौथो युनिटमा विस्फोट भएको थियो । यसलाई विश्व इतिहासकै भयानक आणविक दुर्घटना भनिन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?