Comments Add Comment

तापसी भन्छिन्–‘मलाई हिरोका श्रीमतीहरुले नायिका बनाउन चाहेनन्’

बलिउडमा नायिका तापसी पन्नुको क्रेज निकै राम्रो छ । फरक कथाका चलचित्रमा काम गर्न अग्रसर तापसीले सन् २०१० मा तेलुगु चलचित्रमा काम गरेर अभिनय यात्रा सुरु गरेकी हुन् । आज उनी बलिउडकी स्थापित नायिका भैसकेकी छिन् ।

तापसी भन्छिन्–‘म केही चलचित्रबाट निकालिएकी थिएँ । किनकी, केही नायकका श्रीमतीहरुले चलचित्रमा मैले काम गरेको मन पराएनन् । यसैले, मैले केही चलचित्रमा संझौता गरेर पनि छाड्नुपरेको थियो ।’

तापसीका अनुसार, एक चलचित्रमा उनले नायकले भनेको नमान्दा डबिङ नै गर्न पाइनन् । उनले भनिन्–‘एक जना नायकले मलाई डबिङका क्रममा संवाद परिवर्तन गर्न भने । उनलाई सो संवाद मन नपरेकाले उनले सो कुरा भनेका थिए, जुन मैले मानिनँ । पछि, मलाई जानकारी नै नदिई अरु नै कलाकारको आवाजमा डबिङ गरिएछ ।’

यसपछि आफूले आफूलाई मनपर्ने र आफू खुशी हुने चलचित्रमा काम गर्न थालेको तापसीको भनाई छ । नायिका केन्द्रित चलचित्रमा काम गर्न थालेपछि नायकहरुले काम गर्न मन नगरेको अनुभव पनि तापसीसँग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment