+
+

तिहारपछि पनि रोकिएन खुलामञ्चमा खाना खुवाउने अभियान

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २ गते १३:१३
फाइल तस्वीर

२ मंसिर, काठमाडौं । भाइटीकापछि खुलामञ्चमा विपन्नलाई खाना खुवाउने अभियान बन्द गर्ने सहमति भए पनि मंगलबार खाना खुवाइएको छ ।

काठमाडौं महानगरपालिका र खाना खुवाउँदै आएका संस्थाहरुबीच भाइटीकापछि खाना खुवाउन वैकल्पिक ठाउँ खोज्ने सहमति भएको थियो । मंगलबार पनि मानिसहरु खानाका लागि लाइन बसेपछि खाना बाँडिएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले बताए ।

खाना खुवाउन उचित ठाउँको व्यवस्था गर्न नसकिएको पन्तको भनाइ छ । आफूहरुले प्याकेटमा खाना वितरण गर्न खोजे पनि मानिसहरु खुलामञ्चमा नै लामबद्ध भएपछि पुरानै तरिकाले खाना वितरण गरेको उनले बताए ।

खाना खान खुलामञ्च आउनेहरुले एक्कासी खाना वितरण रोक्न आफूहरु समस्यामा पर्ने बताए । उनीहरुले कि काम दिनुपर्ने कि खाना दिनुपर्ने धारणा राखे । सडकमा बसेर खाना खान आफूहरुको रहर नभएको पनि उनीहरुले बताए ।

खुलामञ्चमा खाना खुवाउँदा स्वस्थ वातावरण नहुने, संक्रमण फैलिने डर हुने र सहरको सौन्दर्य पनि नहुने भनी काठमाडौं महानगरपालिकाले खाना खुवाउने संस्थाहरुसँग पार्टी प्यालेसजस्तो बन्द ठाउँमा खाना खुवाउन सहमति गरेको थियो । तर भाइटीकापछि पनि उक्त सहमति कार्यान्वयनमा आउन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?