
साउथका सुपरस्टार धनुषको आवाजमा समावेश तमिल चलचित्र ‘मारी २’मा समावेश ‘राउडी बेबी’ बोलको गीतले युटुबमा १ अरब भ्यूज पाएको छ । कुनै साउथ चलचित्रको गीतले युटुबमा १ अरब भ्यूज पाएको यो पहिलो हो ।
सन् २०१८ मा रिलिज भएको यो चलचित्रको ‘राउडी बेबी’ बोलको गीतमा धनुष र धी को आवाज छ । नायक धनुषले यो गीतले १ अरब भ्यूज पाएको खुशी व्यक्त गरेका छन् । साउथ चलचित्रको गीतलाई १ अरब भ्युज मिलेको भन्दै उनले खुशी व्यक्त गरेका हुन् ।
धनुषको आवाजमा समावेश ‘कोलावेरी डी’ बोलको गीत पनि सुपरहिट भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4