+

रवीन्द्रले जिते नेपालका लागि स्वर्ण

२०७७ मंसिर  २ गते १५:३४ २०७७ मंसिर २ गते १५:३४
रवीन्द्रले जिते नेपालका लागि स्वर्ण

२ मंसिर, काठमाडौं । खेलाडी एवं प्रशिक्षक रवीन्द्र मानन्धरले नेपालका लागि स्वर्ण हात पारेका छन् ।

क्यानडा कराते संघको आयोजनामा नोभेम्बर १५ मा भएको अनलाइन कराँते प्रतियोगिता सातो कप इन्टरनेशनल २०२० को डिभिजन जि को ४० वर्ष माथिको पुरुष मास्टर्स ब्राउनदेखि ब्लाकबेल्ट समूहमा मानन्धरले स्वर्ण जितेका हुन् ।

नरहरीपुर डोजो, मच्छेगाउँका प्रमुख प्रशिक्षकसमेत रहेका मानन्धरले युबीसी सितोरियो सातो हा कराँते क्लबका माइक नाकात्सुलाई फाइनलमा पराजित गरेका थिए ।

नेपाल सितोरियो कराँते संघको तर्फबाट प्रतिस्पर्धा गरेका उनले २३.५२ अंक जोडेका थिए । पराजित माइकले २२.०६ अंक प्राप्त गरेका थिए ।

मानन्धरले १५ दिनअघि मात्र पनि कराँते फिलिपिन्स लिगको आयोजनमा भएको सातौं नासिमुरा कप अनलाइन कराँते च्याम्पियनपिमा नेपालका लागि स्वर्ण जितेका थिए ।

प्रतियोगितामा नेपालले ४ स्वर्ण र २ कांस्य गरी ६ पदक जितेको छ ।

नेपालको लागि स्वर्ण दिलाउने क्रममा महिला डिभिजन ३९ अन्तरगत ब्लुदेखि ब्राउन बेल्ट समूहमा निता आचार्यले २४.७२ अंकका साथ स्वर्ण जितिन् ।

आचार्यले युबीसी गोजुरियोकी थी अडसेनलाई पराजित गरेकी थिइन् । थीले २४.१० अंक प्राप्त गरेकी थिइन् । निताले अक्टोबर ३० र ३१ मा नेशनल कराँते अफ ब्राजिलको आयोजनमा भएको अनलाइन कराँते वर्ल्ड च्याम्पियनसिपमा पनि स्वर्ण हात पारेकी थिइन् ।

यस्तै निताले केरला कराँते संघको आयोजनमाम भएको सद्गुरु मास्टर्सकप अनलाइन इन्टरनेशनल कराँते काता च्याम्पियनसिपमा पनि स्वर्ण हात पारेकी थिइन् ।

नेपालका लागि अर्को २ स्वर्ण सन्जु देसार र मनिष कार्कीले जोडे । सञ्जुले डिभिजन २७ अन्तरगत महिला १४- १५ वर्ष ब्लुदेखि ब्राउन बेल्टको विधामा भानकोभर सातो हा सितोरियोकी भानिशा क्वानलाई फाइनलमा पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

सञ्जुले २३.६२ अंक जोडेकी थिइन् भने पराजित क्वानले २२.२८ अंक जोडेकी थिइन् । यस्तै मनिष कार्कीले डिभिजन ३० को पुरुष १४-१५ वर्ष ब्लुदेखि ब्राउन बेल्ट प्रतिस्पर्धामा इसिन काइका हिरोकी मेगावालाई पराजित गर्दै स्वर्ण जिते । मनिषले २४.४६ अंक प्राप्त गर्दा हिरोकीले २४.१६ अंक प्राप्त गरेका थिए ।

नरहरीपुर डोजो, मच्छेगाउँका उपाध्यक्ष हाल मकाउ निवासी मनिनकुमार महर्जनको सहयोगमा सहभागित जनाएको प्रतियोगितामा डिभिजन एफ अन्तरगत पुरुष ब्लाकबेल्ट इलाईटमा स्वनिम मानन्धरले २२.९२ अंकका साथ कांस्य प्राप्त गरे ।

यस्तै डिभिजन डी पुरुष १६-१७ वर्ष ब्लाकबेल्ट ईलाईटमा प्रनिल मानन्धरले २२.४० अंकका साथ कास्य प्राप्त गरेको खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धरले जानकारी गराए ।

विजयी खेलाडीहरु सवै नरहरीपुर डोजो, मच्छेगाउँका खेलाडीहरु रहेको समेत प्रशिक्षक मान्धरले बताए ।

प्रतियोगितमा क्यानडालगायत नेपाल, भारत, युएसए, मोजाम्बिक, अष्ट्रेलिया, पोर्चुगल, जापान र जर्मनी गरी ९ राष्ट्रको सहभागिता रहेको थियो ।

स्वर्ण
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय