Comments Add Comment

कोरोनाबाट नेकपाका जिल्ला नेताको निधन

३ मंसिर, काठमाडौं । नेकपा बाँके जिल्ला कमिटी सदस्य चन्द्र भुसालको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उनको मृत्यु भएको हो ।

बाँकेको कोहलपुर नगरपालिका–५ निवासी ५८ वर्षीय भुसालको शिक्षण अस्पताल कोहलपुरबाट थप उपचारका लागि भेरी अस्पतालमा ल्याई भर्ना गर्ने क्रममा मंगलबार साँझ ५ः१५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

मुटुसम्बन्धी रोगबाट पीडित भुसाललाई कात्तिक ३० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । सुरुमा उनी होम आइसोलेशनमा बस्दै आएका थिए ।

नेकपा उपाध्यक्ष बामदेव गौतमले भुसालको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गर्दै पार्टीलाई गम्भीर धक्का लागेको बताएका छन् । गौतमले भुसालप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment