Comments Add Comment

नेपालको ओडीआई मान्यता २०२३ सम्म कायम रहने

फाइल तस्वीर

३ मंसिर, काठमाडौं । नेपाल क्रिकेट टिमको एकदिवसीय अन्तर्राष्ट्रिय अर्थात ओडीआई मान्यता २०२३ सम्म कायम रहने भएको छ । विश्वभर फैलिएको कोरोना महामारी र यस बीचमा कुनै प्रतियोगिता सिरिजहरु हुन नसकेकोले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपालको ओडीआई मान्यता एक वर्ष लम्बाएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को बुधबार जारी भर्चुअल वार्षिक साधारण सभाको अवसरमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालको ओडीआई मान्यता एक वर्ष थप भएको जानकारी दिए । सन् २०१८ मा नेपालले चार वर्षका लागि ओडीआई मान्यता पाएको थियो । जिम्बावेमा भएको ओडीआई वर्ल्डकप क्वालिफायरमा नेपाल एसिसिएटतर्फ उत्कृष्ट चारमा रहँदै २०२२ सम्मका लागि ओडीआई मान्यता पाएको थियो । तर अब त्यो मान्यता एक वर्ष थप भएको हो ।

‘कोरोना महामारीका कारण सिरिजहरु हुन सकेन । त्यसैले आईसीसीले ओडीआई मान्यता एक वर्ष थप गर्दै २०२३ मार्चसम्म लम्ब्याएको छ ।’ चन्दले भने ।

२०१८ मा पहिलो पटक ओडीआई मान्यता पाएपछि नेपालले अहिलेसम्म जम्मा १० ओडीआई खेल खेलेको छ । जसमा नेपालले ५ जित र ५ हारको नतिजा निकालेको थियो ।

नेपालले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरेको थियो ।

यस बीचमा नेपालले विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा चार खेल खेलेको थियो । जसमा नेपालले ४ खेल खेलेको छ जसमा २ जित र २ हार व्यहोरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment