Comments Add Comment

महालक्ष्मीले गर्यो पोलिसी बोनस घोषणा

३ मंसिर, काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोलिसी बोनस घोषणा गरेको छ । नियामक निकाय बिमा समितिले स्वीकृति दिएपछि महालक्ष्मीले पोलिसी घोषणा गरेको हो ।

आर्थिक वर्ष २०७५\७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्किय मूल्यांकन गरी बिमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेको कम्पनीले जनाएको छ ।

बिमा समितिको २८ कात्तिकको पत्रबाट स्विकृति प्राप्त भए बमोजिम कम्पनीले संचालनमा ल्याएको तथा मूनाफामा सरिक हुने महालक्ष्मी सावधिक, महालक्ष्मी सरल र महालक्ष्मी जीवन हेरचार बीमाको २०७५।७६ को लागि न्यूनतम रु.५० प्रतिहजारको दरले बोनस घोषणा गरिएको हो ।

बिमा समितिले हालै जारी गरेको संसोधित बीमाङ्किय मुल्याङ्कन निर्देशिकामा सो अवधि सम्म जारि पोलिसीको विमाङ्किय मुल्याङ्कन गर्दा जारी पोलिसीको अवधि भुक्तानी नभए सम्मको लागि बोनस व्यवस्था गर्नु पर्ने हुन्छ ।

महालक्ष्मीले नयाँ कम्पनीहरुमा पहिलो पल्ट उक्त व्यवस्था सहितको मुल्याङ्कन गरी बोनस घोषणा गरेको हो ।
कम्पनीको आगामी विमाङ्किय मुल्याङ्कन नभएसम्मको लागि यही बोनस दरले अन्तरिम बोनस भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment