Comments Add Comment

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

३ मङ्सिर, ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-१ खोक्लिङको सल्लेरीमा बुधबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मिक्वाखोला गाउँपालिका-२ का ट्याक्टरका सहचालक २३ वर्षीय दले गुरुङ रहेको प्रहरीले जनाएको छ । सोही गाउँपालिका-२ ओझा गाउँबाट अलैँची लिएर खोक्लिङतर्फ आइरहेको लु४त ६५४८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट तल झरेको र सोही ट्र्याक्टरकै पछाडिको भागले किचेर गुरुङको मृत्यु भएको हो ।

ट्र्याक्टर चालक खोक्लिङका कृष्ण थापा फरार रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । चालक थापाका छोरा ५ वर्षीय किर्जम थापा पनि घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याइएको बताइएको छ ।

फरार चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment