Comments Add Comment

अनेकथरी प्रदूषण, भिन्दाभिन्दै रोग

चिसो मौसम सुरु भएसँगै विभिन्न किसिमका प्रदूषणको समस्या पनि सुरु हुन लागेको छ । विशेषगरी जाडो मौसममा बढी प्रदूषित हुने सहरमा यही प्रदूषणका कारण अनेक किसिमका स्वास्थ्य समस्या समेत सिर्जना हुने गर्छ ।

पृथ्वीमा हामीले भोग्ने जस्तो सुकै प्रदूषण हाम्रो स्वास्थ्यको लागि हानिकारक हुने गर्छ । चाहे हावामा हुने प्रदूषण होस् या त पानी र माटोमा हुने प्रदूषण नै किन नहोस् । यही प्रदूषण नै ठूला ठूला रोगका कारण समेत बन्ने गर्छ ।

यसले प्रकृतिको नियमलाई परिवर्तन गर्छ, प्राकृतिक गतिविधिमा बाधा सिर्जना गर्ने यी प्रदूषणहरुले समग्रमा हाम्रो समग्र पारिस्थितिक पद्धतिमा नै गम्भीर असर सिर्जना गर्छ भन्ने कुरा सबैलाई जानकारी हुँदाहुँदै पनि विश्व पारिस्थितिक पद्धतिविरुद्ध प्रदूषण रोक्न गम्भीर छैनन् । प्रदूषणको धेरै असर बच्चाहरू र बुढापाकामा पर्ने गर्छ ।

प्रदूषणहरू धेरै प्रकारका हुन्छन्, ती सबै मानव स्वास्थ्यको लागि हानिकारक छन् । तर त्यसमध्ये पनि छुट्टाछुट्टै प्रदूषण छुट्टाछुट्टै स्वास्थ्य समस्याको कारक बन्ने गर्छन् । जसमध्ये जल प्रदूषण र वायुप्रदूषण शरीरको आन्तरिक स्वास्थ्य समस्याको कारक हो । ध्वनिप्रदूषण हाम्रो कान र मस्तिस्कको लागि असरदार हुन्छ । केही महत्वपूर्ण प्रदूषणको बारेमा तल उल्लेख गरिएको छ ।

वायु प्रदूषण

हावामा मिसिएर आउने विभिन्न प्रदूषक कण र विभिन्न ग्यासहरू नै वायु प्रदूषणको कारक हुन् । यस्तो प्रदूषणले सिधै श्वासप्रणाली र फोक्सोसम्म पुग्ने गर्छ । तिनीहरू रक्तनलीद्वारा अवशोषित हुन्छन् । जुन शरीरको अन्य भागहरूमा प्रसारित हुन्छन् । वायु प्रदूषणले धेरै रोगहरू निम्त्याउँछ, जुन आँखा, नाक, मुख र घाँटी वा कम ऊर्जाको स्तर, टाउको दुख्ने आदि समस्या सिर्जना गराउँछ ।

वायु प्रदूषणका कारण निम्न समस्या सिर्जना हुने गर्छ:

–श्वासप्रश्वास र फोक्सोको रोग

श्वासप्रश्वास र फोक्सो सम्बन्धी समस्यामा दम, क्रोनिक डिजिज, फोक्सोको क्यान्सर जस्ता समस्याहरू देखिने गर्छ ।

–हृदय रोग, हृदय रोग र स्ट्रोक

वायु प्रदूषणका कारण मुटु सम्बन्धी विभिन्न समस्याहरू सिर्जना हुने गर्छ ।

–न्यूरो(व्यावहारिक, शारीरिक र मानसिक) विकारहरू

हावामा विषाक्त तत्वहरू धेरै हुँदा यसले न्युरोलोजिकल समस्याहरू र विकासात्मक अवरोधहरू सिर्जना गर्छ ।

–कलेजो र क्यान्सरका अन्य प्रकार

कार्सिनोजेनिक वाष्पशील रसायन युक्त हावामा सास फेर्दा कलेजोको समस्या र क्यान्सर हुन सक्छ । यो वायु प्रदूषणका कारण पनि हुन्छ । एउटा अध्ययनका अनुसार विभिन्न रसायनको कारण हुने धुवाँ र वायु प्रदूषणका कारण हरेक वर्ष ३० लाख मानिसहरूको मृत्यु हुने गरेको छ ।

पानीमा हुने प्रदूषण

जतिसुकै पानी जीवनको लागि आवश्यक छ, त्यति नै प्रदूषित पानी हाम्रो जीवनको लागि खतरनाक पनि छ । पानी प्रदूषणले धेरै खतरनाक रोगहरू र एलर्जीहरू निम्त्याउँछ जुन अक्सर घातक साबित हुन्छ । इन्फ्लुइटिस, पेटमा हुने ऐंठन र दुखाइ, बान्ता, हेपाटाइटिस, श्वसन एलर्जी, कलेजोमा हुने क्षति आदिको कारक पनि पानी प्रदूषण हुन सक्छ । प्रदूषित पानीमा पाइने रसायनहरूमा जोखिमले गर्दा किड्नी पनि बिग्रन सक्छ ।

धेरै प्रकारका एलर्जीहरू दूषित पानीको प्रयोगबाट पनि हुन सक्दछन्, जसमा छालामा जलन, दादुरा र पिम्पल्स हुनु सामान्य छ ।

स्नायुसम्बन्धी समस्याहरू

सामान्यतया पानीमा कीटनाशक रसायनहरूको उपस्थितिका कारण स्नायु प्रणाली बिग्रन सक्छ । पानीको प्रदूषण बढेकाले औंलो रोगका परजीवीहरुको प्रजनन सोही पानीमा सम्भव हुन्छ । यो लामखुट्टेले फैलिनेगर्छ । यस कारणले गर्दा, विश्वव्यापी रूपमा प्रत्येक वर्ष १० लाख मानिसहरू यही समस्याका कारण ज्यान गुमाउन बाध्य छन् ।

माटो प्रदूषण

भारी धातु, कीटनाशक, घोलकहरू र अन्य मानव निर्मित रसायनहरू, सिसा आदि केही सामान्य तत्वहरू हुन् जसले माटो प्रदूषणमा योगदान पु¥याउँछ । माटो प्रदूषणले यसको प्राकृतिक गुणस्तरलाई नष्ट गर्छ, उपयोगी सूक्ष्म जीवहरूलाई मार्छ र एक प्रकारले रोगयुक्त माटो तयार पार्ने गर्छ ।

प्रदूषित माटोले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याहरू निम्त्याउन सक्छ । जस्तै टाउको दुख्ने, चक्कर आउने, थकान, छाला दाग, आँखामा खुजली र पछि गम्भीर एलर्जीको अवस्था पनि सिर्जना हुन सक्छ ।

मस्तिष्कमा हुने क्षति

जब बच्चाहरू सीसाबाट प्रभावित माटोको सम्पर्कमा आउँछन्, तिनीहरूको मस्तिष्क र स्नायु प्रणाली बिग्रन सक्छ । यसले तिनीहरूको मस्तिष्क र न्युरोमस्कुलरको विकासलाई असर गर्ने गर्छ ।

मृगौला र कलेजोमा क्षति

माटोमा सिसाको मिसावटले मानिसको मिर्गौलामा असर गर्छ । माटोमा पारा र साइक्लोडाइनहरूको मिश्रण समावेश हुन्छ । माटोबाट उब्जनी हुने खानेकुरा खाँदा र माटोसँग प्रत्यक्ष संसर्गमा जाँदा पनि यो हानिकारक मानिन्छ ।

ध्वनि प्रदूषणको प्रभाव

ध्वनि प्रदूषणले मानिसमा अनेक किसिमको समस्या सिर्जना गराउँछ । जसमध्ये मुख्य असरहरु निम्नानुसार छन् ।

दक्षताको अभाव

धेरै अनुसन्धानले यो प्रमाणित गरेको छ कि मानव क्षमताले काम गर्न सक्ने क्षमतालाई हल्लाले प्रभावित गराएको हुन्छ । कम हल्ला भयो भने धेरै हदसम्म कार्य क्षमतामा वृद्धि हुन्छ । यदि कारखानाको आवाज कम भयो भने त्यहाँ काम गर्ने कामदारको दक्षता बढाउन सकिन्छ ।

एकाग्रतामा कमी

काममा राम्रो परिणाम प्राप्त गर्नको लागि एकाग्रता आवश्यक पर्छ । चर्को आवाजले व्याकुलता उत्पन्न गर्छ । ठूला सहर र कार्यालयहरू प्रायः मुख्य सडकमा पर्छ । गाडीको अनवरत आवाजका कारण कार्यालयीय कामदारको एकाग्रतामा बाधा पुग्न सक्छ ।

थकानको महसुस

ध्वनि प्रदूषणका कारण मानिसहरू आफ्नो काममा एकाग्र भएर लाग्न असमर्थ हुन्छन् । यसको नतिजाको रूपमा एउटा सामान्य काम पूरा गर्न पनि धेरै समय लाग्ने गर्छ । जसका कारण मान्छेहरू थकित महसुस गर्न थाल्छन् ।

गर्भपात

गर्भावस्थामा शान्त र आरामदायक वातावरण आवश्यक छ । अनावश्यक आवाजले कुनै पनि महिलालाई असहज महसुस हुन सक्छ । कहिलेकाँही अनावश्यक आवाजले गर्भपतनको समस्या समेत सिर्जना गराउन सक्छ ।

रक्तचाप 

अधिक हल्लाले मान्छेको दिमागलाई अनावश्यक भार पर्छ । आधुनिक जीवनशैलीको कारणले पहिले नै तनावमा रहेका व्यक्तिको आवाजले तनाव बढाउने काम गर्छ । जसको असर धेरै प्रकारका रोगहरू उत्पन्न हुन्छन् । जस्तै रक्तचाप, मानसिक रोग, मधुमेह र मधुमेह बाहेक हृदय रोग आदि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment