Comments Add Comment

फाइजर र बायोएनटेकको कोरोना खोप ९५ प्रतिशत प्रभावकारी भएको दाबी

काठमाडौं । अमेरिकी कम्पनी फाइजर तथा जर्मन कम्पनी बायोएनटेकले निर्माण गरिरहेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको परीक्षणको अन्तिम नतिजामा यो खोप ९५ प्रतिशत प्रभावकारी रहेको पाइएको कम्पनीहरुले दाबी गरेका छन् । बुधबार कम्पनीले दिएको जानकारी अनुसार यो खोपको परीक्षणको क्रममा यसको सुरक्षाको विषयलाई लिएर कुनै पनि गम्भीर किसिमको लक्षण भने देखिएको थिएन ।

तेस्रो चरणको मानव परीक्षणमा सहभागीमध्ये १७० जनालाई कोरोनाको संक्रमण देखिएको थियो । जसमध्ये १६२ संक्रमितलाई औषधि नराखिएको खोप दिइएको थियो ।

बाँकी आठजनालाई भने वास्तविक खोप दिइएको थियो । अर्थात् खोप लिएकामध्ये ९५ प्रतिशत मानिस कोरोना संक्रमणबाट बच्न सफल भएको पाइएको हो ।

यसअघि फाइजर कम्पनीले सुरुआती दाबीको क्रममा यो खोप कम्तीमा ९० प्रतिशत प्रभावकारी रहेको दाबी गरेको थियो । कम्पनीका अनुसार यो खोप सबै उमेर, वर्ण र समुदायका मानिसहरुका लागि उत्तिकै प्रभावकारी रहेको बताएको छ । ६५ वर्षभन्दा बढी उमेरका मानिसमा पनि यो खोपको प्रभावकारिता ९४ प्रतिशत देखिएको कम्पनीले बताएको छ ।

कम्पनीहरुले सार्वजनिक गरेको तथ्यांकअनुसार कोरोना संक्रमण देखिएकामध्ये १० जनाको अवस्था गम्भीर बनेको थियो । गम्भीर लक्षण देखिनेमध्ये ९ जनालाई औषधि नराखिएको खोप दिइएको थियो ।

कम्पनीहरुका अनुसार परीक्षणको क्रममा औषधिको खराब असर केही मानिसलाई मात्र देखिएको थियो । फाइजरले अमेरिकाको फुड एण्ड ड्रग एडि्मनिस्ट्रेसन (एफडीए)मा आपतकालीन प्रयोगको अनुमतिको लागि अबको केही दिनमा नै आवेदन दिने बताएको छ ।

बायोएनटेकका सीईओले अहिलेसम्मको परीक्षणमा सबै समुहका मानिसमा प्रभावकारी देखिएकाले अहिले जारी महामारी नियन्त्रणका लागि यो खोपले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे ।

कम्पनीले अमेरिका, जर्मनी, टर्की, दक्षिण अपि|mका, ब्राजिल र अर्जेन्टिनामा रहेका क्लिनिकल परीक्षण जारी रहने र यी परीक्षण साइटहरुबाट आगामी दुई वर्षसम्म पनि विवरणहरु संकलन गरिने बताएको छ ।

कम्पनीहरुले सन् २०२० को अन्तिमसम्ममा विश्वभर पाँच करोड र सन् २०२१ मा एक अर्ब ३० करोड डोज कोरोना खोप उत्पादन गरिने बताएको छ । यद्यपि कम्पनीको खोप भण्डारणको विषयमा भने धेरैले चिन्ता व्यक्त गरेका छन् । यो खोपलाई माइनस ७५ डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने भएकाले धेरैले यसको भण्डारणमा चिन्ता व्यक्त गरेका हुन् ।

स्रोत :सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment