+
+
Shares

तथ्यांक विभागमा जागीर खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ४ गते १६:२३

४ मंसिर, काठमाडौं । केन्द्रीय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणनाका लागि तथ्यांक संकलक/डिजिटाइजर पदको आवेदन खुलाएको छ ।

स्थानीय तहहरूको गणना क्षेत्र नक्सा तयारीका लागि २२ जना संकलक/डिजिटाइजर करारमा नियुक्त गर्न लागेको हो ।

जिओमेटिक्स इन्जिनियरिङमा डिप्लोमा उत्तीर्ण वा प्रमाणपत्र (प्लस टु) उत्तीर्ण गरी तीन महिना जीआइएस सम्बन्धी काम गरेको व्यक्तिले यो पदका लागि आवेदन दिन सक्ने विभागले जनाएको छ ।

योग्य उम्मेदवारहरूलाई सात दिनभित्र विभागको प्रशासन शाखामा आवेदन दिन भनिएको छ । बढीमा आगामी फागुन मसान्त करार अवधी रहने यो पदका लागि मासिक पारिश्रमिक २८ हजार २०० तोकिएको छ ।

१२ जनगणना २०७८ जेठ २५ देखि असार ८ सम्म हुने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?