+
+
Shares

‘मालिङ्गो’ मा राजेश हमालको जोडी बनिन् प्रचण्डकी नातिनी

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ५ गते ९:०९

काठमाडौं । आफैंले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मीता दाहाल राजेश हमालको जोडी भएर देखिएकी छिन् ।

स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको म्युजिक भिडियोमा राजेश हमाल र स्मीताको मुख्य अभिनय छ ।

भिडियोमा राजेश हमाल पत्रिका घरघरमा पुर्याउने हकरको रुपमा र स्मीता बलात्कार हुनबाट जोगिएकी किशोरीको रुपमा प्रस्तुत भएका छन् ।

सुनिल क्षेत्रीको कथा/कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियो नवराज उप्रेतीले खिचेका हुन् भने सरोज ओलीले निर्देशन गरेका हुन् ।

सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत छ । उदयराज पौडेलको एरेन्ज र श्यामस्वेत रसाइलीको मिक्सिमा भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?