Comments Add Comment

एफएनसीसीआईको चुनाव : ६३ सिटमा १२७ जनाको उम्मेद्वारी

५ मंसिर, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनका लागि उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन भएको छ । महासंघको निर्वाचन समितिले शुक्रबार विहान अन्तिम नामावली सार्वजनिक गरेको हो ।

मूख्य निर्वाचन अधिकृत उमेन्द्र केशरी न्यौपाने, निर्वाचन अधिकृतद्वय लिलामणि पौडेल र रमणकुमार कर्णले सार्वजनिक गरेको सूचीअनुसार ६३ सिटका लागि १२७ जनाको उम्मेदवारी परेको छ । आगामी ११ देखि १३ सम्म वरिष्ठ उपाध्यक्षसहित अन्य पदहरुमा काठमाडौंमा निर्वाचन हुँदैछ ।

हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा वैधानिक व्यवस्थाअनुसार स्वतः अध्यक्ष बन्ने छन् भने बाँकी पदहरुमा निर्वाचन हुनेछ । महासंघको केन्द्रीय सदस्यमा दुई उम्मेदवारहरु भने निर्विरोध निर्वाचित भएका छन् । प्रदेश १ का तर्फबाट उम्मेदवारी दिएका राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सन्दीप अग्रवाल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।

महासंघको ५४औं वाषिर्क साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड-१९ का कारण स्थगित भएको थियो ।

पछि पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिएपनि कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन ।

आगामी वरिष्ठ उपाध्यक्षका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिँदैछन् ।

महासंघको वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ भिड्दैछन् भने एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघई र शौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी भिड्ने भएका छन् ।

हेर्नुस् को-को छन् उम्मेद्वार ?

 

यो पनि पढ्नुहोस उद्योग वाणिज्य महासंघको चुनावको वैधानिकतामाथि प्रश्न उठाउँदै उजुरी यो पनि पढ्नुहोस एफएनसीसीआई चुनाव– ढकाल प्यानलबाट दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित यो पनि पढ्नुहोस महासंघमा सहमतिको सम्भावना कम, समावेशी मत तान्ने ढकाल समूहको रणानीति यो पनि पढ्नुहोस लगानीमैत्री नीति निर्माणका लागि मेरो उम्मेद्वारी : अम्बिका पौडेल यो पनि पढ्नुहोस एफएनसीसीआई चुनाव– ठूलो मतान्तरले विजयी हुने ढकाल समूहको दावी यो पनि पढ्नुहोस एफएनसीसीआई चुनाव : सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चुन्न छलफल यो पनि पढ्नुहोस एफएनसीसीआई चुनाव : ढकाल समूहको उम्मेदवारी दर्ता यो पनि पढ्नुहोस एफएनसीसीआईको चुनावका लागि तीन स्थान तोकियो यो पनि पढ्नुहोस ‘बैंकिङ र ट्रेड युनियनसँग लड्न सक्ने नेतृत्व चाहिएको छ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment