Comments Add Comment

हल्यान्डले जिते गोल्डेन ब्वाई अवार्ड 

काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमण्डका युवा स्ट्राइकर इर्लिङ ब्रट हल्यान्डले गोल्डेन ब्वाई अवार्ड जितेका छन् । नर्वेका खेलाडी हल्यान्डले सन् २०२० मा २१ वर्ष मुनिका उत्कृष्ट खेलाडी बन्दै गोल्डेन ब्वाई अवार्ड जितेका हुन् ।

इटालियन पत्रिका टुट्टोस्पोर्ट्सले सन् २००३ देखि हरेक २१ वर्ष मुनिका उत्कृष्ट खेलाडीलाई यो अवार्ड प्रदान गर्ने गर्दछ ।

अवार्ड जित्ने क्रममा हालाण्डले डर्टमण्डकै जाडोन सान्चो, बायर्न म्युनिखका अल्फान्सो डेभिस, म्यानचेष्टर युनाइटेडका मासोन ग्रीनउड र बार्सिलोनाका अन्सु फातीलाई पछि पारे ।

गत सिजन साल्जवर्गबाट डर्टमण्ड पुगेका २० वर्षीय हल्यान्डले २०१९-२० सिजनमा ४४ गोल गरेका थिए । यस सिजन ११ खेलमा ११ गोल गरिसकेका छन् ।

गत वर्ष पोर्चुगलका जाओ फेलिक्सले गोल्डेन ब्वाई अवार्ड जितेका थिए । सन् २००३ मा शुरु भएको यस अवार्ड पहिलो पटक डच मिडफिल्डर राफेल भान डेर भार्टले जितेका थिए । त्यसयता लिओनल मेसी, सेस फाब्रेगास, मारियो बालाटेली, पउल पोग्बा, रहिम स्टर्लिङ, किलिएल एम्बाप्पे लगायतले जितेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment