Comments Add Comment

चार मिनेट अन्तरमा रोनाल्डोको दुई गोल, दोस्रो स्थानमा उक्लियो युभेन्ट्स

७ मंसिर, काठमाडौं । क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा युभेन्ट्सले इटालियन सिरी ए मा काग्लियारीलाई पराजित गर्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ । गएराति भएको खेलमा रोनाल्डोले चार मिनेट अन्तरमा दुई गोल गर्दा युभेन्ट्सले काग्लियारीलाई २-० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले ३८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ४२औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

दुई गोल गरेपछि रोनाल्डोले सिरी ए को सर्वाधिक गोलकर्ताको सूचीमा ज्लाटन इब्राहिमोभिचसँग बराबरी गरेका छन् । दुवैले ८ गोल गरेका छन् ।

यस सिजन चौथो जित हात पारेको युभेन्ट्स ८ खेलबाट १६ अंक जोड्दै आठौं स्थानबाट दोस्रो स्थानमा पुगेको हो । अपराजित युभेन्ट्सले ४ खेल जित्दा ४ खेल बराबरी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment