+

बार्सिलोना २५ वर्षयताकै खराब स्थितिमा

२०७७ मंसिर  ७ गते १३:५३ २०७७ मंसिर ७ गते १३:५३
बार्सिलोना २५ वर्षयताकै खराब स्थितिमा

७ मंसिर काठमाडौं । बार्सिलोनाले यस सिजन स्पानिस ला लिगामा राम्रो सुरुवात गर्न सकेन ।

गएराति भएको खेलमा एट्लेटिको मड्रिडसँग १-० ले पराजित भएपछि ८ खेलबाट अधिकतम २४ अंक जोड्न सक्ने भए पनि उसले ३ खेलमा जित र २ मा बराबरी खेल्दै जम्मा ११ अंक जोडेको छ । ३ खेलमा त पराजित भएको छ ।

बार्सिलोनाको यो प्रदर्शन पछिल्लो २५ वर्षयताकै खराब हो । बार्सिलोनाको खराब सुरुवात भनेर सन् १९९५/९६, २००२/०३ र २००३/०४ लाई चिनिन्छ । यद्यपी त्यो बेला सुरुवाती ८ खेलमध्ये बार्सिलोनाले ३ खेल जितेको ३ खेल बराबरी गरेको थियो र २ खेल हारेको थियो ।

८ खेल हुँदा ३ वटामा पराजित हुनु भनेको बार्सिलोनाको लागि धेरै हो, यस्तो उदाहरण भेट्न गाह्रो छ ।

सन् २०००/०१ सिजनमा पनि बार्सिलोनाले ८ खेलमध्ये ३ खेल हारेको थियो तर ४ खेलमा जित र एक बराबरी खेल्दै १३ अंक जोडेको थियो ।

खेलकुद फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय