+
+

दिल्लीमा लगातार तेस्रो दिन एक सयभन्दा धेरै कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ८ गते १३:११
फाइल तस्वीर

८ मंसिर, काठमाडौं । भारतको दिल्लीमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या बढ्दो क्रममा देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यो राज्यमा पछिल्लो २४ घण्टाम मात्र १२१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । दिल्लीमा लगातार तेस्रो दिन कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । गत शनिबार सार्वजनिक गरिएको तथ्यांक अनुसार दिल्लीमा त्यसअघिको २४ घण्टामा ११८ जनाको मृत्यु भएको थियो । आइतबारको तथ्यांकमा भने यो राज्यमा कोरोनाका दैनिक मृतकको संख्या ११ थियो ।

अहिलेसम्म दिल्लीमा कोरोनाबाट मृत्यु हुनेको संख्या आठ हजार ३९१ पुगेको छ । यो राज्य अहिले दैनिक मृत्यु हुनेको संख्याको आधारमा सबैभन्दा अगाडि छ । यद्यपि कोरोनाबाट मृत्यु हुनेको समग्र संख्यामा भने महाराष्ट्र अगाडि छ । अहिलेसम्म महाराष्ट्रमा कोरोनाको कारण ४६ हजार ६२३ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडु र कर्नाटकमा पनि ११ हजारभन्दा धेरैको कोरोनाबाट मृत्यु भइसकेको छ ।

त्यस्तै दिल्लीमा अहिलेसम्मको समग्र संक्रमितको संख्या पनि पाँच लाख २९ हजार ८६३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र यो राज्यमा ६ हजार ७४६ नयाँ संक्रमित थपिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?