Comments Add Comment

खेलाडीको चोटको मारमा बार्सिलोना

८ मंसिर, काठमाडौं । स्पानिस जायन्ट फुटबल क्लब बार्सिलोनाले ला लिगा नयाँ सिजन केही राम्रो भएको छैन । नयाँ प्रशिक्षक रोनाल्ड कोएमनले क्लबमा सुखद सुरुआत गर्न सकेका छैनन् ।

स्पानिस ला लिगामा बार्सिलोनाले ८ खेल खेलिसक्दा जम्मा ३ खेल मात्र जितेको छ र ११ अंकसहित दशौँ स्थानमा छ । मैदानको प्रदर्शन खराब हुँदै जाँदा खेलाडीको चोट बार्सिलोनाको लागि अर्को टाउको दुखाइ बनेको छ । मुख्य खेलाडीहरु चोटका कारण टिमबाट बाहिर हुँदैछन् ।

एकातर्फ प्रदर्शन कसरी राम्रो गर्ने भन्ने चिन्ता भइरहेको क्याटलान क्लबका लागि खेलाडीको चोटले चिन्तामाथि चिन्ता थपिएको छ।

पछिल्लो पटक डिफेण्डर जेरार्ड पिके घुँडाको चोटका कारण करिब ६ महिनाका लागि टिमबाट आउट भएका छन् । त्यसअघि नै युवा स्टार अंशु फाती ३ देखि ५ महिनाका लागि मैदान बाहिरिएका छन् । यति मात्र होइन सर्जि रोवर्टो र ओसमान डेम्बेलेको चोट समेत बार्सिलोनाको लागि चिन्ताको विषय बनेको छ ।

शनिबार एट्लेटिको मड्रिडसँग १-० को हार बेहोर्दा बार्सिलोनाले ३ अंक मात्र गुमाएन चोटका कारण ३ खेलाडी नै केही समयका लागि गुमाउने भएको छ ।

मुख्य सेन्ट्रल डिफेण्डर लामो समयको लागि मैदान बाहिर हरने पक्का छ । अर्कोतर्फ सर्वी रोबर्टो पनि करिब २ महिनाका लागि मैदान बाहिर हरने स्पानिस अनलाइन मार्काले जनाएको छ । उनको थाई इन्जुरीका कारण खेल्न नसक्ने भएका हुन् । रोवर्टोको चोटपछि यसै सिजन क्लब भित्रिएका सर्जिनो डेस्टले राइट ब्याक पोजिसनमा खेल्ने सम्भावना छ ।

उता पिकेको स्थानमा सामुएल उम्टीटीलाई विश्वास गर्ने वा नयाँ खेलाडी उनको स्थानमा अनुबन्ध गर्ने भन्ने विषयमा बार्सिलोनाले विचार गरिरहेको छ । पिके आउट भएपछि सेन्ट्रल ब्याकमा खेल्न सक्ने खेलाडीमा क्लेमेन्ट लेङलेट,उम्टीटी र बी टिमबाट बढुवा भएका रोनाल्ड अराउजो मात्र छन् ।

डिफेन्समा मात्र होइन फरवार्ट लाइनमा खेल्ने ओसमान डेम्बेले पनि घाइते भएका छन् । एट्लेटिको मड्रिडविरुद्धको खेलमा उनलाई काँधको चोट लागेको हो । खेलको पहिलो हाफमा उनलाई चोट लागेको थियो । यद्यपि प्रशिक्षक कोएमनले उनलाई निरन्तर खेलाएका थिए ।

बार्सिलोनाले पिके र रोवर्टोको चोटको बारेमा जानकारी गराउपनि डेम्बेलेको बारेमा कुनै प्रतिक्रिया दिएको छैन । डेम्बेलेको चोट ठूलो नभएको विश्वास गरिएको छ । तर यदि उनले चोटका कारण आगामी खेल च्याम्पियन्स लिग अन्तर्तग डिनाभो किभसँगको खेल गुमाए कोएमनको लागि अर्को टाउको दुखाइ हुनेछ ।

यसअघि नै अंशु फाती चोटका कारण बाहिरिसकेकोले पनि कोएमनलाई चिन्ता थपिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment