+
+
Shares

भरतपुर अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ९ गते १४:२६

९ मंसिर, चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार भरतपुर महानगरपालिका-२१ बस्ने ७३ वर्षीय महिला मंगलवार दिउँसोको मृत्यु भएको हो ।

कात्तिक २३ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएकी ती महिलामा कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

१९ संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य अवस्था थप जटिल हुँदैं गएपछि सोही दिन उनलाई कोभिड आईसीयूमा राखेर उपचार गरिएको थियो ।

भरतपुर अस्पतालमा मंगलबार बिहान पनि रत्ननगर नगरपालिकाका कोरोना संक्रमित पुरूषको मृत्यु भएको थियो । चितवनमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ८८ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?