Comments Add Comment

‘भाँडाकुटी’का लागि लोकेशन खोज्दै बुटवल पुगे बेनिशा र मुकुन

जातीय विभेदको कथालाई उठान गर्न लागिएको चलचित्र ‘भाँडाकुटी’का लागि लोकेशन खोज्दै यसको कलाकार र निर्माण टिम बुटवल पुगेको छ । बुटवलका विभिन्न स्थानमा चलचित्रका लागि लोकेशन हेरिएको र स्थानीयबासी र विभिन्न संघसंस्थाबाट साथ र सहयोग पाएको निर्देशक किरण बीकेले अनलाइनखबरलाई जानकारी दिएका छन् । चलचित्रका कलाकारद्धय बेनिशा हमाल र मुकुन भुषाल पनि लोकेशन हन्टिङका क्रममा रुपन्देही पुगेका हुन् ।

माघ १५ गतेबाट छायांकन सुरु गर्ने तयारीका साथ चलचित्रका कलाकार लोकेशन हन्टिङमा निस्किएका हुन् । निर्देकक बीकेले तिलोत्तमा नगरपालिकाका विभिन्न स्थानमा चलचित्रको छायांकन हुने जानकारी दिए ।

उनले भने–‘हामीले बुटवलका विभिन्न पेशासँग आवद्ध मानिसहरुसँग अन्तरक्रिया पनि गरेका छौं । सो समयमा विभिन्न बस्तीमा पुग्दा हामीलाई स्थानीयबासीले स्वागत गर्नुभएको थियो ।’

यो चलचित्रलाई लिएर कलाकारद्धय मुकुन र बेनिशा पनि उत्साहित छन् । चलचित्रको लागि लोकेशन हेर्न कमै मात्र कलाकार निस्किएका उदाहरण छन् । यसैले पनि चलचित्रलाई लिएर बेनिशा र मुकुनको उत्साह कस्तो छ वुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment