
लोकगायक नविन पौडेलले सार्वजनिक गरेको ‘लेउ खुकुरी लेउ’ बोलको गीतले दर्शकको मन जितिरहेको छ । नविनकै स्वर, शब्द तथा संगीतमा तयार भएको यो गीतले देशमा जुनसुकै व्यवस्था आएपनि जनताको जीवन परिवर्तन नभएकाले सच्चा नेताको आवश्यकता भएको भाव व्यक्त गरेको छ । भिडियोमा नविन आफैले अभिनय गरेका छन् ।
नविनकै प्रस्तुती र निर्माणमा तयार भएको यो भिडियो सामाजिक संजालमा पनि चर्चित भैरहेको छ ।
नविनले आफूलाई व्यवसायीक गीत भन्दा पनि समाजमा चेतना फैलाउने गीतहरु गाउन मन लाग्ने बताएका छन् । भिडियोमा विष्णु भट्टराइको छायांकन, सम्पादन र निर्देशन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4