Comments Add Comment

बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

पेन्सन बुझेर फर्किएकाहरु चढेको जिप दुर्घटनामा

९ मंसिर, कैलाली । सुदूरपश्चिमको बैतडी जिल्लामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ, ४ जना घाइते भएका छन् ।

भारतीय सीमावर्ती क्षेत्र झुलाघाटबाट गोठलापानीतर्फ जाँदै गरेको गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० पुट्कामा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दुर्घटनामा दशरथचन्द नगरपालिकाकी ७५ वर्षकी पावर्ती चन्द,  ७० बर्षकी पावर्ती चन्द, ७७ वर्षका भागिरथ पाण्डेय, ५८ वर्षीय कृष्ण लावड र सुर्नया गाउँपालिकाकी ७५ बर्षकी कलावती चन्दको घटना स्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

भारतबाट पेन्सन बुझेर फर्किएका भारतीय भूपू सैनिक परिवार चढेको जिप मंगलबार दिउँसो १ बजे दुर्घटनामा परेको हो । जिपमा ९ जना सवार थिए । घाइते ४ जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा लगिएको छ ।

यस अघि २७ कात्तिकमा पनि बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment