+

कराते टोलीलाई खेल सामग्री

२०७७ मंसिर  ९ गते १५:४८ २०७७ मंसिर ९ गते १५:४८
कराते टोलीलाई खेल सामग्री

९ मंसिर, काठमाडौं । टोकियो ओलम्पिकको तयारीमा रहेको कराते टोलीलाई मंगलबार खेल सामग्री प्रदान गरिएको छ । २ खेलाडी र १ प्रशिक्षक गरी ३ सदस्यीय टोलीलाई केल्मीको जुत्ता, ट्र्याक्सुट र ब्याग प्रदान गरिएको हो ।

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सचिव मिनकृष्ण महर्जनसहित प्रायोजकद्वय विनोद महर्जन र रवि महर्जनले खेलाडीद्वय नवीन रसाइली र अनु अधिकारी तथा प्रशिक्षक दीपक श्रेष्ठलाई एक कार्यक्रमबीच सामग्री हस्तान्तरण गरेका हुन् ।

ललितपुर जिल्ला किक बक्सिङ संघका अध्यक्ष महर्जनले ट्र्याकसुट र जुत्ता गरी जम्मा ४९ हजारको साग्री प्रदान गरे । त्यस्तै आठौं दक्षिणकाली खेलकुदअन्तर्गत करातेका स्वर्ण विजेता रविले १५ हजार बराबरको ब्याग हस्तान्तरण गरे ।

कार्यक्रममा प्रशिक्षक श्रेष्ठले जुनमा फ्रान्समा क्वालिफाइङ तथा पोर्चुगल, साइप्रस र मोरोक्कोमा हुने कराते लिगमा सहभागिताका लागि प्रयास भइरहेको जानकारी गराए । त्यस्तै कुवेतमा हुने एसियन च्याम्पियनसिपमा पनि सहभागिताका लागि नेपाल कराते महासंघले प्रयास गरेको अवगत गराए ।

कराते खेल सामग्री
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय