Comments Add Comment

सफारीबाट भुईँमा ढलेका चालकको मृत्यु

९ मंसिर, विराटनगर । मोरङमा गुडिरहेको सफारीबाट भुईँमा लडेका चालकको घटनास्थलमै मृत्यु भएको छ ।

कटहरी गाउँपालिका-१ चौधरी चोकमा गुडिरहेको सफारीबाट ढलेका विराटनगर महानगरपालिका-२ का ३५ वर्षीय सुनिल मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार मण्डल को२ह ५४९२ नम्बरको खाली सफारी लिएर विराटनगरबाट मिलनचोकतर्फ जाँदै थिए । सडकमा गुडिरहेको सफारीबाट अचानक उनी ढलेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार आफैँले चलाइरहेको सफारीबाट अचानक भुँईमा लड्न पुग्दा उनको मृत्यु भएको हो ।

एक्कासी शरीर भुइँमा ढले पनि उनको खुट्टा सफारीमै अड्किएको थियो । सफारी सडकमै रोकिएको थियो । घटनापछि प्रहरीलाई खबर गरेका स्थानीय बासिन्दाका अनुसार अचानक भुइँमा ढलेको केही बेरमै चालक मण्डलको मृत्यु भएको थियो । मृत्युपछि अनुसन्धान सुरु गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment