+
+

प्रचण्डको सचिवालयले केपी ओलीको चिठीसमेत समावेश गरेर तल्ला कमिटीमा पठाउँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ९ गते १९:४०

९ मंसिर, काठमाडैं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पेस भएका पत्रहरु कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले तल्ला कमिटीमा पठाएको छ ।

कात्तिक २३ मा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच नेताले बुझाएको पत्र, त्यसको जवाफमा ओलीले कात्तिक २८ मा लेखको पत्र, प्रचण्डले लेखेको प्रतिउत्तर पत्र र कात्तिक २८ मा प्रचण्डले सचिवालयमा पेस गरेको १९ पृष्ठ लामो प्रतिवेदन तल्ला कमिटीका नेताहरुलाई बाँडिएको छ । सबै पत्रहरु प्रकाशन गरेर नै वितरण गरिएको छ ।

सुरुमा प्रचण्डको सचिवालयले केपी ओलीको पत्र समावेश नगरी तीनवटा डकुमेन्टहरु मात्रै छापाखानामा लगेर प्रकाशित गरेको थियो ।

तर, तल्ला कमिटीका नेताहरुलाई बाँडिएको सो पुस्तिका एकपक्षीय भएको भन्दै माधव नेपाल समूहका नेताहरुले असन्तुष्टि जनाएपछि पुनः केपी ओलीको पत्रसमेत समावेश गरेर अर्को पुस्तिका छापिएको स्रोतले अनलाइनखबरलाई बतायो ।

यद्यपि तल्ला कमिटीमा पठाइएका यी पत्र र दस्तावेज औपचारिक छलफलका लागि नभएर जानकारीका लागि मात्रै भएको खुमलटार स्रोतले दाबी गर्‍यो । ‘मिडियामा सबै पत्रहरु छापिइसकेका छन् । तर, हार्डकपी नै नेताहरुले अध्ययनका लागि मागेपछि फोटोकपी गर्न भन्दा छाप्न सजिलो हुने भएकाले प्रकाशन गरिएको मात्रै हो’ प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा जुगल भन्छन्, ‘तर, यो कुनै औपचारिक छलफलका लागि पठाइएको होइन ।’

प्रचण्डले लेखेको एकल प्रस्ताव ओली पक्षले फिर्ता नै हुनुपर्ने अडान लिएको छ । मंसिर ३ गतेको सचिवालय बैठकले भने ओलीलाई पनि छुट्टै प्रतिवेदन लेख्न १० दिनको समय दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?