Comments Add Comment

बार्सिलोना, चेल्सी, युभेन्ट्स र सेभिया अन्तिम १६ मा प्रवेश

१० मंसिर, काठमाडौं । स्पानिस क्लब बार्सिलोना, इंग्लिस क्लब चेल्सी, इटालियन क्लब युभेन्ट्स र स्पेनकै सेभिया युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेका छन् । चारवटै क्लब गएराति भएका खेलमा जित हात पार्दै दुई खेल अघि नै समूह चरण पार गर्न सफल भएका हुन् ।

समूह जी अन्तर्गत बार्सिलोना र युभेन्ट्सले दुवैले जित हात पारेपछि दुई खेलअघि नै अन्तिम १६ मा स्थान पक्का गरेका हुन् ।

कप्तान लिओमेल मेसिबिनै मैदान उत्रेको बार्सिलोनाले युक्रेनी क्लब डिनामो किभलाई उसैको मैदानमा ४-० ले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउन मार्टिन ब्रेथवेइटले दुई तथा सर्जिनो डेस्ट र एन्टोनी ग्रीजमनले एक एक गोल गरे ।

जितपछि बार्सिलोनाले समूह्य चरणमा अपराजित रहँदै शतपरतिशत नतिजा निकालेको छ । ४ खेलबाट १२ अंकसहित बार्सिलोना समूह जीको शीर्ष स्थानमा छ ।

अर्को खेलमा युभेन्सले एक गोलले पछि परेको स्थिती उल्टाउ फेरेन्सिभारोसलाई २-१ ले हरायो । युभेन्ट्सको मैदानमा माउटो उजुनीले १९औं मिनेटमा गोल गर्दै फेरेन्सिभारोसलाई पहिले अग्रता दिलाएका थिए । तर ३५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सका लागि बराबरी गोल फर्काए । रोनाल्डोले उक्त गोलसंगै घरेलु मैदानमा ७० गोल गर्ने मेसीको कीर्तिमान बराबरी गरेका छन् ।

यस्तै यन्जुरी टाइममा अल्भारो मोराटाले गोल गरेपछि युभेन्ट्सले २-१ को जित हात पारेको हो ।

जितपछि समूहमा तेस्रो जित हात पारेको युभेन्ट्स ४ खेलबाट १२ अंकसहित दोस्रो स्थानमा छ । किभ र फेरेन्सिभारोसको समान १ अंक छ र दुई खेलअघि ने समूह चरणबाट बाहिरिसकेको छ ।

यस्तै समूह ई बाट चेल्सी र सेभिया अन्तिम १६ मा प्रवेश गरेका छन् । चेल्सीले रेन्सलाई तथा सेभियाले एफसी क्रास्नोडरलाई समान २-१ ले पराजित गरेको हो ।

यन्जुरी टायममा ओलिभर जिरुडले गोल गरेपछि चेल्सी ३ अंक हात पार्न सफल भयो । त्यसअघि २२औं मिनेटमा कलुम हड्सन ओडोईले गोल गर्द चेल्सीलाई अग्रता दिलाएका थिए । ८५औं मिनेटमा सेहरझउ गुएरसीले रेन्सका लागि बराबरी गोल गरेका थिए । तर इन्जुरी टाइममा जिरुडले निर्णायक गोल गरेपछि चेल्सीले जित हात पार्‍यो ।

यस्तै अर्को खेलमा मुनिर अल हाड्डाईले यन्जुरी टाइममै गोल गरेपछि सेभियाले ३ अंक जोडेको हो । क्रास्नोडरको मानमा भएको खेलको चौथो मिनेटमै इभान राकिटिकले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । ५६औं मिनेटमा वान्डरसनले क्रान्सडोनरका लागि बराबरी गोल फर्काए । इन्जुरी टाइमको पाँचौ मिनेटमा मुनिरले गोल गरेपछि सेभियाले जित हात पारेको हो ।

जितपछि चेल्सीले र सेभियाले समान १० अंक जोडेका छन् । चेल्सी गोलअन्तरमा अघि छ । पराजित क्रानस्नोडर र रेन्स भने दुई खेल बाँकी छँदै समूह चरणबाट बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment