+
+
Shares

दाङकी कोरोना संक्रमित महिलाको बाँकेमा ज्यान गयो

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १० गते १०:२९

१० मंसिर, काठमाडौं । कोरोना भाइरसबाट संक्रमित दाङकी ७७ वर्षीया एक महिलाको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–६ दाङ घर भएकी महिलाको गएराति सवा १२ बजे मृत्यु भएको हो ।

यही मंसिर ५ गते बिहान अस्पताल भर्ना भएकी उनमा भोलिपल्ट अपराह्न चार बजेतिर कोरोना संक्रमण पुष्टि भएको थियो ।

रोगको प्रकृतिअनुसार अक्सिजन थेरापी, एन्टिबायोटिक, रेम्डिसिभिरलगायतका औषधि प्रयोग गरी उपचार गराउँदा पनि उनलाई बचाउन नसकिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?