+
+
Shares

घाँटीमा ढुङ्गा अड्किएर १६ महिने बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १० गते १२:१२

१० मंसिर, काठमाडौं । घाँटीमा ढुङ्गा अड्किएर कञ्चनपुरमा एकजना बालकको मृत्यु भएको छ ।

बेदकोटनगरपालिका-९ सुन्दरपुरमा १६ महिने साकार भट्टको घाँटीमा ढुङ्गा अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ।

घर आँगनमा खेल्ने क्रममा ढुङ्गा मुखमा हाल्दा घाँटीमा अड्किको थियो । महाकाली अस्पतालमा ढुङ्गा झिक्न सम्भव नभएपछि कैलालीको धनगढी रेफर गरिएको थियो ।

उनको उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?