+
+

चीन र भारतसँग मिलेर अगाडि बढ्न चाहन्छौं : मन्त्री ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ११ गते १४:३३

११ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनलाई नेपालको सन्देश ‘मिलेर अगाडि बढ्न चाहन्छौं’ भन्ने हुने बताएका छन् ।

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला काठमाडौंमा छन् भने आइतबार चिनियाँ रक्षामन्त्री आउँदैछन् । यसलाई लिएर संसदीय सुनुवाई समितिमा भारतीय वा चिनियाँ कार्ड खेल्न खोजेको हो कि प्रश्न उठेको थियो ।

जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले त्यसलाई अस्वीकार गरे । उनले भने, ‘नेपाल जस्तो देशले कार्ड खेलेर खेलिने मित्रराष्ट्र भारत होला र ? मित्रराष्ट्र तीन होला र ? होइन होला ।’

चीन ग्लोबल पावरका रुपमा रहेको र भारत पनि विस्तारै ग्लोबल पावरका रुपमा अगाडि आइरहेको भन्दै मन्त्री ज्ञवालीले नेपालले कार्ड खेल्दैमा नखेलिने बताए ।

दुबै छिमेकीसँग असल सम्बन्ध विकास गर्दै दुबै देशको आर्थिक विकासबाट लाभ लिने बाहेक अर्को स्वार्थ नरहेको उनले बताए ।

मन्त्री ज्ञवालीले चीन र भारत मिलेर समग्र विश्वमा स्थायित्व र विकासमा योगदान गरोस् भन्ने नेपालले चाहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?