Comments Add Comment

प्रधानमन्त्री र भारतीय विदेशसचिवबीच भेटवार्ता

११ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेट गरेका छन्  । बिहीबार नेपालमा आएका उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

बिहीबार काठमाडौं आएदेखि उनी निरन्तर भेटघाटमा छन् । उनले परराष्ट्र सचिवस्तरको बैठकमा सहभागी  हुनुका साथै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि  भेटवार्ता गरेका छन्  । उनले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

शुक्रबार उनी गोरखा र मनाङमा भारतको सहयोगमा निर्माण भएका घर र धार्मिक स्थल उद्घाटन गर्न जाने कार्यक्रम तय भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment