Comments Add Comment

सबैभन्दा ठूलो महासागरबारे केही रोचक तथ्य

काठमाडौं । पृथ्वीको कूल भागमध्ये ७१ प्रतिशत हिस्सा पानीले ओगटेको छ । पानीको भागमध्ये अधिकांस हिस्साचाहिँ पाँचवटा महासागरले ओगटेको छ । ती महासागरमध्ये सबैभन्दा ठूलो प्रशान्त महासागर हो ।

प्रशान्त महासागर पृथ्वीको सबैभन्दा ठूलो तथा गहिरो महासागर हो । प्रशान्त महासागरले एसिया र उत्तर अमेरिका महादेशलाई छुट्टाएको छ ।

प्रशान्त महासागरको क्षेत्रफल १६ करोड ५७ लाख वर्ग किलोमिटर रहेको छ । स्पेनिस अनुसन्धानकर्ता फर्डिनान्ड मेगलनले प्रशान्त महासागरको नाम एबअषष्अ राखेका हुन् । जसको अर्थ शान्त तथा सौम्य भन्ने हुन्छ । सबैभन्दा ठूलो यस महासागर बारेका कतिपय रोचक तथ्यहरु यस्ता छन् :

  • प्रशान्त महासागरको औसत गहिराइ ४ हजार ३०० मिटर अर्थात् करिब १४ हजार फिट रहेको छ ।
  • प्रशान्त महासागर फिलिपिन्स तटदेखि पनामा तटसम्म ९ हजार ४५५ माइल चौडा तथा बेरिङ जलडमरुदेखि दक्षिणमा अन्टार्कटिकासम्म १० हजार ४९२ माइल लामो छ । उत्तरी भागमा बेरिङ जलडमरुबाट प्रशान्त महासागर आर्कटिक महासागरसँग जोडिएको छ ।
  • प्रशान्त महासागरमा साना/ठूला गरी २० हजार टापु रहेका छन् ।
  • पृथ्वीमा रहेको कूल पानी अर्थात् जलमण्डलको करीब ४६ प्रतिशत पानी प्रशान्त महासागरमा रहेको छ ।
  • प्रशान्त महासागरमा पृथ्वीकै सबैभन्दा गहिरो भाग पनि रहेको छ । उक्त सबैभन्दा गहिरो भागको नाम मारियाना ट्रेन्च हो । फिलिपिन्स नजिकैको महासागरीय क्षेत्रमा पर्ने मारियाना ट्रेन्चको अधिकतम गहिराइ ११ हजार ३४ मिटर रहेको छ ।
  • पृथ्वीको धरातल फैलिने र खुम्चिने क्रममा प्रशान्त महासागर बर्सेनि १ इन्चका दरले खुम्चिँदै गएको छ ।
  • प्रशान्त महासागर त्रिभुज आकारको रहेको छ ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

कृतीको व्यस्तता

Advertisment