Comments Add Comment

फेसबुकमाथि झण्डै ७२ करोड रुपैयाँ जरिवाना

काठमाडौं । दक्षिण कोरियाले फेसबुक कम्पनीमाथि झण्डै ७२ करोड रुपैयाँ बराबरको रकम जरिवाना गरेको छ ।

प्रयोगकर्ताहरुको सहमति तथा अनुमतिविना नै तेश्रो पक्ष अपरेटिरलाई प्रयोगकर्ताहरुका डाटा उपलब्ध गराएको अभियोगमा फेसबुकमाथि ६० लाख ६ हजार डलर जरिवाना गरिएको हो ।

दक्षिण कोरियाको व्यक्तिगत सूचना सुरक्षा आयोगले बुधबार फेसबुकमाथि जरिवाना गर्दै यस मामिलामा फौजदारी अनुसन्धान गर्ने निर्णय पनि गरेको छ ।

गत अगष्ट महिनामा गठित उक्त आयोगले एक विज्ञप्ती जारी गर्दै दक्षिण कोरियाका १ करोड ८० लाख फेसबुक प्रयोगकर्तामध्ये कम्तिमा पनि ३३ लाख प्रयोगकर्ताका व्यक्तिगत जानकारीहरु फेसबुकले अन्य अपरेटरहरुलाई उपलब्ध गराएको गराएको अनुसन्धानले देखाएको उल्लेख गरेको छ । सन् २०१२ देखि २०१८ सम्मका तथ्यांक विश्लेषण र अनुसन्धानका आधारमा आयोगले यस्तो निष्कर्ष निकालेको हो । आफ्ना डाटाहरु तेश्रो पक्षले प्राप्त गरिरहेको विषयमा फेसबुक प्रयोगकर्ताको कुनै स्विकृति नभएको र जानकारीसमेत नहुने गरेको आयोगको भनाइ छ ।

फेसबुक लगइन भित्रबाट अन्य अपरेटरको सर्भिस प्रयोग गर्दा प्रयोगकर्ताको फेसबुक साथीहरुका समेत व्यक्तिगत जानकारीहरु ती अपरेटरहरुले प्राप्त गर्ने गरेका छन् ।

आयोगका अनुसार फेसबुकको आयरल्याण्डस्थित कार्यालयलाई जरिवानाको जानकारी गराइएको छ र कम्पनीमाथि फौजदारी अनुसन्धानका लागि सिफारिस गरिएको छ ।

दक्षिण कोरियाको राजधानीस्थित फेसबुकका प्रवक्ताले चाहिँ अनुसन्धान प्रक्रियामा आफुहरुले सरकारलाई पूर्णरुपमा सहयोग गरेको बताउँदै फेसबुकमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्ने आयोगको निर्णयप्रति खेद व्यक्त गरेका छन् ।

तथापि फेसबुक कम्पनीको व्यवस्थापनले आयोगको निर्णयका बारेमा पूर्ण समीक्षा बाँकी रहेको भन्दै उनले यस विषयमा थप टिप्पणी गर्न अस्विकार गरेका छन् ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

कृतीको व्यस्तता

Advertisment