+
+
Shares

दुनियाकै दयालु मान्छे ! ७ डलरको बियर किनेर ३ हजार डलर टिप्स

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १२ गते १२:०९

काठमाडौं । होटल तथा रेष्टुरेन्टहरुमा खानपिनको बिल भुक्तानी गर्दा त्यहाँ कार्यरत कर्मचारीलाई ग्राहकले धेरथोर इनाम अर्थात् टिप दिनु त सामान्य नै हो ।

तर अमेरिकामा चाहिँ एकजना मानिस यस्ता निस्किए जसले आफूले तिर्नुपर्ने बिल भन्दा झण्डै साढे ४ सय गुणा धेरै रकम टिप दिए । ती मानिसले स्थानीय एक रेष्टुरेन्टमा ७ डलरको बियर किने र बिल भुक्तानी गर्ने बेलामा थप ३ हजार टिप दिए ।

७ डलरको बियर खाएर ३ हजार डलर टिप दिने ती मानिसले आफ्नो नाम खुलाउन चाहेनन् । त्यसैले रेष्टुरेन्ट मालिकले ती व्यक्तिले भुक्तान गरेको बिल तथा दिएको टिप उल्लेखित कागज मात्र सोसल मिडियामा सार्वजनिक गरेका छन् । जुन निकै भाइरल बनिरहेको छ ।

कूल ७ युरो २ सेन्टको बिलमा उनले ३ हजार टिप थप गरेर कूल ३ हजार ७ युरो २ सेन्ट रकम क्रेडिट कार्डबाट भुक्तान गरे । त्यसपछि उनले उक्त टिपको रकम रेष्टुरेन्टका सबै कर्मचारीले बाँडेर लिन आग्रह गरे ।

अमेरिकाको ओहियो राज्यको क्लेभल्याण्डस्थित नाइटटाउन रेष्टुरेन्टमा यस्तो अनौठो भएको हो ।

रेष्टुरेन्ट मालिक ब्रेन्डन रिङ्गले कोभिड–१९ का कारण उक्त रेष्टुरेन्ट अस्थायी रुपमा बन्द गर्ने योजना बनाइरहेका थिए । रेष्टुरेन्ट बन्द गर्न लागेको अन्तिम दिनमै ती ग्राहकले अविश्वसनीय रुपमा ३ हजार टिप दिए ।

रेष्टुरेन्ट मालिक रिङ्गले सुरुमा त ३ हजार टिप सहित भुक्तानी गरेको बिल देख्दा पत्यार गर्नै सकेनन् । कतै ती ग्राहकले भुलबस त्यसो पो गरे कि भनेर उनी दौडिएर उनी भएको टेबुलमा पुगे । तर ती ग्राहकले चाहिँ आफूले राजीखुसीले उक्त टिप दिएको भन्दै रेष्टुरेन्ट पुनः खुलेपछि आफू भविष्यमा पनि आउने बताए ।

ती दानी ग्राहकको दयालुपनको तारिफ गर्दै रेष्टुरेन्ट मालिकले फेसबुकमा लेखेका छन्, ‘यो अविश्वसनीय हो तर हामीले पछिल्ला वर्षहरुमा नाइटटाउनमा गुणकारी मानिसहरुसँग संगत गरेका छौँ भन्ने कुराको सूचक पनि हो ।’

ग्राहकले आफ्नो नाम नखुलाउने इच्छा जाहेर गरेको हुँदा आफूले उनको नाम सार्वजनिक नगरेको भन्दै रेष्टुरेन्ट मालिकले उनको महान भावनाप्रति आफूहरु सबैजना कृतज्ञ रहेको बताएका छन् ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?