
१२ मंसिर, काठमाडौं । कास्कीको पोखरामा थप दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना महिला र चरक मेमोरियल अस्पतालमा एकजना पुरूषको मृत्यु भएको हो ।
प्रतिष्ठानमा पोखरा महानगरपालिका–३२ का ६६ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको हो । उनीमा मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैगरी पोखरास्थित चरक मेमोरियल अस्पतालमा पोखरा महानगरपालिका–२ का ५९ वर्षीय पुरूषको मंसिर १० गते मृत्यु भएको डा. शर्माले बताए । उनीमा मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनीमा मिर्गौला र मधुमेहसम्बन्धी समस्या पनि थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4