Comments Add Comment

डीएसपी सम्पर्कविहीन प्रकरण : मालाखेतीमा नयाँ इञ्चार्ज पठाइयो

१२ मंसिर, काठमाडौं । इलाका प्रहरी कार्यालय, मालाखेतीका इञ्चार्ज सम्पर्कबिहीन भएको प्रकरणपछि उनको ठाउँमा नयाँ प्रहरी नायब उपरीक्षक (डीएसपी) पठाइएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालले डीएसपी प्रेमबहादुर शाहीलाई त्यहाँ काज सरुवा गरेको हो । उनी लागूऔषध नियन्त्रण ब्युरो, बबरममहलमा कार्यरत थिए ।

मालाखेतीका डीएसपी भरतराज चौधरी मंगलबार राति ९ बजेपछि सम्पर्कविहीन भएका थिए । बुधबार बिहान उनी गोदावरी नगरपालिकामा एक होटलको नजिकै भेटिएका थिए । स्थानीयले चौधरी युवतीसँग भेटिएको बताएपछि प्रकरणमा प्रदेश प्रहरी कार्यालयले छानविन गरिरहेको छ ।

चौधरीमाथि छानविनका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक (एसपी) दिलिपसिंह देउवाको नेतृत्वमा छानविन समिति बनाएको छ । समितिले प्रारम्भिक छानविनमा चौधरीले जिम्मेवारीमा रहँदा लापरबाही गरेको निष्कर्ष निकालेको छ ।

मालाखेतीमा डीएसपी चौधरीको सरुवा भएको दुई महिना मात्र पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment