Comments Add Comment

एलपीएल : फर्नान्डोको शानदार ब्याटिङमा जाफ्ना स्टालियन्सको जित

१३ मंसिर, काठमाडौं । ओपनर आभिष्का फर्नान्डोले शानदार ब्याटिङ गर्दै अविजित ९२ रन बनाएपछि जाफ्ना स्टालियन्सले लंका प्रिमियर लिग (एलपीएल)मा गाल्ले ग्लाडिएटर्सलाई ८ विकेटले पराजित गरेको छ ।

१७६ रनको लक्ष्य पछ्याउने क्रममा फर्नान्डोले शाहिद अफ्रिदीको आक्रामक अर्धशतकलाई छायामा पार्दै ९२ रन बनाएपछि जाफ्नाले ३ बल बाँकी छै २ विकेट गुमाउर लक्ष्य पूरा गरेको हो ।

फर्नान्डोले ६३ बल खेल्दै ५ चौका र ७ छक्का प्रहार गरे । अर्का ओपनर मिनोद भानुका र टम मुर्स समान १८ रनमा आउट भएपछि फर्नान्डोले सोएब मल्लिकसँग तेस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए । फर्नान्डो र मल्लिकले अविजित ११० रनको साझेदारी गरे । मल्लिक २७ रनमा अविजित रहे ।

त्यसअघि महिन्दा राजापाक्ष अन्तर्राष्ट्रिय क्रिकेट मैदान हाम्बनटोटामा टस जितेर पहिले ब्याटिङ गरेको गाल्ले ग्लाडिएटर्सले कप्तान अफ्रिदीको अर्धशतक मद्दतमा ८ विकेट गुमाएर १७५ रन बनाएको थियो । आक्रामक ब्याटिङ गरेका अफ्रिदीले २३ बल खेल्दै ३ चौका र ६ छक्का मद्दतमा ५८ रन जोडे । यस्तै ओपनर धनुष्का गुनतिलकाले ३८ रन बनाए ।

जाफ्नाका लागि बलिङमा डउने ओलिभरले ४ ओभरमा ४४ रन खर्चेर ४ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment