Comments Add Comment

महासंघको चुनावमा ढकाल समूहले खोल्यो जितको खाता

१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको प्यानलले जितको खाता खोलेको छ । ढकाल समूहका तर्फबाट उम्मेदवार रहेका संस्थापक संघ तर्फका दामु अधिकारी सदस्यमा विजयी भएका छन् ।

दामुले ७ मत ल्याएर जिते भने उनका निकटतम् प्रतिद्वन्द्वी उत्तमलाल चुकेले ५ मत ल्याए ।

निर्वाचन समितिका अनुसार यो निर्वाचनमा शतप्रतिशत मत खसेको छ । जिल्ला-नगर, वस्तुगत र एसोसियटतर्फका सबै मतदाताले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत उपेन्ऽकेसरी न्यौपानेले जानकारी दिए । बिहान आठ बजेदेखि भएको मतदान अपररान्ह ४ बजे सकिएपछि मतगणना सुरु भ्एको छ ।

महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा छन् । अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएकाले महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पद सर्वाधिक महत्वपूर्ण मानिन्छ ।

महासंघको २ केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी पदहरुमा चुनाव भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment